News Portal

  • सिनामंगलस्थित सेन्ट्रल कलेजमा स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्नातकोत्तर तह शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ भदौ २०८१
    ४७५ पटक
    भक्तपुर, २ भदौ २०८१

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले स्वास्थ्य सेवा व्यवस्थापन(हेल्थ केयर म्यानेजमेन्ट) मा स्नातकोत्तर तहको अध्यापन शुरु गरेको छ । कलेजले एक कार्यक्रम गरी हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर तहको पढाइ शुरु गरिएको घोषणा गरेको हो ।

    पोखरा विश्वविद्यालयबाट स्विकृती लिएर स्वास्थ्य सेवा व्यवस्थापन विषयमा स्नातकोत्तर तह शुरु गरिएको कलेजका सह प्राचार्य गणेश बुढाथोकीले बताए । कलेजले सोही विषयमा स्नातक तह पढाइरहेको र विद्यार्थीको माग बमोजिम तह थप गरिएको उनको भनाइ छ ।

    सेन्ट्रल कलेजका प्राचार्य पारस श्रेष्ठले अहिले अस्पताल व्यवस्थापक लगायत स्वास्थ्य सेवाको क्षेत्रमा ब्यवस्थापकीय जनशक्तिको माग बढेकोले आफूहरुले स्नातकोत्तर तह पनि संचालनमा ल्याएको प्रष्ट पारे । निजी अस्पतालले व्यवस्थापनका लागि हेल्थ केयर म्यानेजमेन्ट पढेका दक्ष जनशक्ति राख्दै आएकोमा सरकारी अस्पतालमा पनि माग बढ्दै गएकोले दक्ष जनशक्ति आपूर्ती गर्न आफूहरुले यो विषयलाई महत्व दिएको उनले बताएका छन् ।

    मास्टर्स इन हेल्थ केयर म्यानेजमेन्टको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पोखरा विश्वविद्यालयका डिन प्राडा दयाराज ढकालले स्वास्थ्य सेवा व्यवस्थापन कार्यका लागि आवश्यक दक्ष जनशक्ति अभाव भैरहेको अवस्थामा सेन्ट्रल कलेजको पढाइले दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्कोपबारे विद्यार्थीहरुलाई प्रशिक्षित समेत गरेका थिए ।

    अस्पतालका सेवासुविधा र गुणस्तर वृद्धि गरी सेवाग्राहीमैत्री अस्पताल संचालनमा दक्ष व्यवस्थापक उत्पादन गर्न सेन्ट्रल कलेजलाई उनले सफलताको शुभकामना समेत दिएका छन् । सो अवसरमा उपत्यका लगायत बिभिन्न ठाउँका प्रतिष्ठित अस्पतालका संचालकहरुले पनि स्नातकोत्तर तह शुभारम्भको अवसरमा कलेज र विद्यार्थी वर्गलाई सफलताको शुभकामना प्रदान गरेका थिए ।

    उच्च शिक्षामा आफूलाई अब्बल सावित गर्दै आएको सेन्ट्रल कजेलमा स्नातक तहमा भने स्वास्थ्य सेवा व्यवस्थापन, होटल व्यवस्थापन(बिएचएम) र व्यवसाय प्रशासन(बिबिए) का कक्षाहरु संचालन हुँदै आएका छन् । विद्यालय तह समेत संचालन गरिरहेको रहेको यो शैक्षिक संस्था दशकौंदेखि शिक्षा सेवामा समर्पित रहँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...