News Portal

  • नगरकोटमा बाटो बिराएर अलपत्र परेका भारतीय पर्यटकहरुको सकुशल उद्धार

    भक्तपुरपोस्ट संवाददातानगरकोट, २ भदौ २०८१
    २२० पटक
    नगरकोट, २ भदौ २०८१

    भक्तपुरको प्रसिद्ध पर्यटकीय  स्थल नगरकोटमा बाटो बिराएर जङ्गलमा हराएका भारतीय पर्यटकहरुको उद्धार गरिएको छ । नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रबाट शनिवार साँझ हराएका ३ भारतीय पर्यटकसहित ४ जनालाई सकुशल उद्धार गरिएको हो ।

    आइतवार बिहान करिव पौने ४ बजे उनीहरूको सकुशल उद्धार गरिएको चाँगुनारायण-६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी गराएका हुन् । उद्धार गरिएका भारतीय पर्यटकहरुमा पतिपत्नी नितिन तिवारी, रश्मि तिवारी र उनीहरूका छोरा तनिस तिवारीका साथै नेपाली गाईड हरिप्रसाद खरेल रहेका वडाअध्यक्ष लामाले जानकारी गराए ।

    उनीहरू जंगलमा हराएको खबर प्राप्त हुनासाथ स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो । गएराति पौने १ बजेको समयमा हलहले खोप (खोल्ची) क्षेत्रमा अलपत्र अवस्थामा उनीहरूलाई फेला पारी उद्धार गरिएको वडाध्यक्ष लामाले  बताए ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शनिवार साँझ मुहानपोखरी रानीझुला पुलबाट विदेशी पर्यटकहरू बाटो बिराएर जंगलतर्फ पसेका जानकारी गराउँदै खोजी कार्यमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...