News Portal

  • सल्लाघारी-दुधपाटी सडक छेउका रुख कटान शुरु : दुर्घटना सम्झदै, रुख काट्दै

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ भदौ २०८१
    २७३९ पटक
    भक्तपुर, ९ भदौ २०८१

    फाइल तस्वीर

    भक्तपुर नगरपालिका-१ स्थित सल्लाघारी-दुधपाटी सडक छेउमा ढल्ने सम्भावना भएका रुख कटान शुरु भएको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले ढल्ने सम्भावना भएका रुख काट्न शुरु गरेको हो ।

    सल्लाघारीदेखि सैनिक स्कूल सम्म सडक छेउमा रहेका केही रुखहरु जिर्ण भएका देखिएकोले सरकारी प्रक्रिया पूरा गरी ती रुखहरु काट्न शुरु गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनाएकी हुन् । कुनैपनि बेला ढलेर जनधनको क्षती हुन सक्ने जोखिम बढेकाले जोखिमयुक्त रुख काट्न शुरु गरिएको उनले बताईन् ।

    ”जनप्रतिनिधि, स्थानीय र सरोकारवालाको गुनासो आएपछि डिभिजन वन कार्यालयलाई अनुगमनका लागि आग्रह गरिएको र सोका आधारमा काट्नुपर्ने भनी किटान भएका ढल्केका, जरा कमजोर भएका जोखिमयुक्त रुख प्रकृति प्रतिकूल नहुने गरी काट्न शुरु गरेका हौं,” उनले भनिन ।

    भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सो क्षेत्रमा दुई वर्ष अघि रुख ढली जनधनको क्षती भएकोले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयलाई अनुगमनका लागि आग्रह गरिएको जानकारी गराए । सो अनुसार जोखिमयुक्त रुख काट्न शुरु गरिएको प्रति उनले सन्तोष व्यक्त गरेका छन् ।

    डिभिजन वन कार्यालय सानोथिमिको सूचना अधिकारी सलिना कडालले सो क्षेत्रमा २ दर्जन सल्लाका रुख काट्नुपर्ने देखिएको जानकारी दिइन् । मुचुल्का उठाई रुखहरु काट्न थालिएको उनको भनाइ छ । रुख कटान र व्यवस्थापन डिभिजन वन कार्यालय सानोथिमिले गरिरहेको वन अधिकृत विनिता पाण्डेले बताएकी छन् ।

    दुई वर्ष अघि २०७९ साउन ७ गते चोङ्गा गणेश क्षेत्रको रुख ढलेर गुडीरहेको बस र स्कुटर च्यापिदा तीन जनाको ज्यान जानुका साथै १ दर्जन मानिस घाईते भएका थिए । त्यतिबेला पनि दुर्घटना दोहरिन नदिन सो क्षेत्रको सडक वरपरका जोखिमयुक्त रुखहरु काटिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...