News Portal

  • भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असोज २०८१
    ३७८ पटक
    भक्तपुर, ३ असोज २०८१

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा राखेको हो ।

    भक्तपुरमा लोकप्रिय रहेका हाम्रो भक्तपुर सवल भक्तपुरभक्तपुरियन्स ग्रुप एकसाथ निलम्बनमा परेका हुन् । बुधवारबाट यसका सदस्यले ग्रुप भेटाउन सकेका छैनन् । हाम्रो भक्तपुर सवल भक्तपुरमा ३९ हजार ४ सय सदस्य छन् भने भक्तपुरियन्स ग्रुपमा १ लाख १८ हजार २ सय सदस्य संख्या रहेको छ ।

    फेसबुक ग्रुप किन सस्पेन्ड गरियो भन्ने बारे फेसबुकले सदस्यहरुलाई केही बताएको छैन । फेसबुकले कम्युनिटी स्ट्याण्डर्डमा कडाई गर्दायस्तो समस्या आएको आइटीका ज्ञाता न्हुज किजु बताउछन् । ग्रुप एडमिन रहेका किजुले जनाए अनुसार ग्रुपमा बिभिन्न कम्पनीका लागि कर्मचारी आवश्यकता सम्बन्धी शब्दलाई स्क्याम र ठगी ठान्ने नयाँ नियम अनुसार यी दुई ग्रुप पनि निलम्बनमा परेका हुन् ।

    धेरै मानिसले फेसबुकको कम्युनिटी स्ट्याण्डर्ड उल्लङ्घन गरिएको उजुरी गरिरहँदा पनि फेसबुकले त्यस्ता अकाउन्ट,पेज र ग्रुपलाई निलम्बन गर्ने गर्दछ । फेसबुकले एआइ डिटेक्टरको सहायताले सामाजिक सञ्जाल अनुगमन गरिरहेको हुन्छ । शंका लाग्नासाथ उसले सचेत गराउने, निलम्बन गर्ने र बन्देज लगाउने सम्म गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...