News Portal

  • शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ असोज २०८१
    ३५२ पटक
    भक्तपुर, ७ असोज २०८१

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो ।

    शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन गाउँलेले जनाएका हुन् । समूह स्थापनाको २५ वर्ष पुगेको अवसरमा  फागुन ५ मा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने निर्णय भएको उनले बताएका छन् ।

    शिक्षा सम्मेलनमा नेपालको शैक्षिक विकासमा केन्द्रीत रही शिक्षासम्बन्धी विविध विषयमा कार्यपत्र प्रस्तुत हुने, तीनै तहका सरकारका शिक्षा नीतिबारे शैक्षिक बहस मार्फत नीति निर्माणमा सहयोग पुर्याउने लक्ष लिइएको बताइएको छ ।

    शिक्षा पत्रकार समूहको शनिवार सम्पन्न १२औं अधिवेशनबाट निर्जला कक्षपतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सो नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै सोमबार पहिलो बैठक सम्पन्न गरेको  हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...