News Portal

  • सूर्यविनायकमा दशैं केन्द्रीत बजार अनुगमन शुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ असोज २०८१
    ४०१ पटक
    भक्तपुर, ८ असोज २०८१

    दशैं नजिकिदै गर्दा सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिने भएको छ । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा मंगलवारबाट दशैं केन्द्रीत बजार अनुगमन शुरु भएको हो ।

    नियमित र आकस्मिक दुबै प्रकारका अनुगमन गर्ने नगरपालिकाले नीति लिएको छ । खाद्यान्नका स्टोर्सहरुबाट अनुगमन शुरु गर्न लागिएको उपप्रमुख भट्टराईले भक्तपुरपोस्ट संग भनेकी छन् । दशैंमा बढी खपत हुने खाद्यान्न, लत्ताकपडा, मरमसाला, डेरी र मासु पसलहरुमा नियमित अनुगमन प्रभावकारी पारिने उनले प्रष्ट पारेकी छन् । त्यसका अलावा उपभोक्ताका गुनासा र सूचनादाताको सूचनाको आधारमा आकस्मिक अनुगमनका लागि पनि तयारी गरिएको उनको भनाइ छ ।

    अनुगमनबाट ब्यापारीहरु तर्सनु नपर्ने पनि उनको प्रष्ट पारेकी छन् ।  “ब्यापारीलाई दु:ख दिनु नभई सम्भावित कालाबजारी रोक्नु हाम्रो उदेश्य हो ।” उनले भनिन् । असल र सुपथ ब्यापारी वर्गलाई अनुगमनले फाइदा नै पुर्याउने बताउदै उनले अनुगमनले ब्यापारीलाई पेशाप्रति इमान्दार बन्न प्रेरित गर्ने बिश्वास ब्यक्त गरिन् ।

    उपभोक्तालाई पनि सचेत भएर कारोबार गर्न सुझाव दिँदै उपप्रमुख भट्टराईले आफू मूल्य र गुणस्तरमा ठगिएको शंका लागे नगरपालिकालाई जानकारी गराउन आग्रह गरिन् । “ठगिएको शंका लागे हामीलाई भन्नुस् र अरुलाई ठगिनबाट जोगाउनुस् ।” उपप्रमुख भट्टराईले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...