News Portal

  • सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २४ असोज २०८१
    ५३७ पटक
    भक्तपुर, २४ असोज २०८१

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका छन् । ब्यक्तिगत स्वार्थ प्रेरित समाजमा सहायता फाउन्डेसन जस्ता संस्थाले पुर्याएको योगदानको स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।

    बिहीबार सूर्यविनायक-५ कटुन्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सहि कर्मले मात्र मान्छेलाई सहि ठाँउमा पुर्याउने पनि बताए । समाजमा नकारात्मक मानिस पनि हुने र उनीहरूले सहि मानिसलाई रोक्न खोज्ने भन्दै उनले त्यस्ता मानिसको ब्यवहारबाट सच्चा मानिसहरू बिचलित बन्नु नहुने बताए ।

    “सत्य र न्यायको सधैं जित हुने शिक्षा हामीलाई बडा दसैंले दिएको छ, सहायता फाउन्डेसन पनि सत्य र न्यायको सिद्धान्तमा रहुन्जेल कुरा काट्नेहरु आफैं पाखा लागेर जान्छन् ।” उनले भने ।

    सहायता फाउन्डेसनले असक्त र जेष्ठ नागरिकका लागि सृजनानगर र कटुन्जेको दुरीमा नि: शुल्क इरिक्सा सेवा दिएको एक वर्ष पुगेको प्रति उनले संतोष समेत व्यक्त गरेका छन् । गत वर्ष इरिक्सा उद्घाटन गरेको स्मरण गर्दै सांसद थापाले भने, ‘स्थानीय सरकारले गर्न नसकेको काम हाम्रा समाजसेवीले गर्न सक्नु गौरवको कुरा हो ।”

    सहायता फाउन्डेसनले बालबालिकाको लागि प्रत्येक शनिवार मौलिक संस्कार सिकाउने कक्षा समेत संचालन गरेको प्रति उनले प्रसंशा गरे । “बालबालिकालाई संस्कारी र अनुशासित बनाई मुलुकको जिम्मेवार नागरिक बनाउन फाउन्डेसनले महत्वपूर्ण कार्य गरेको छ ।” उनले भने ।

    शिक्षा,स्वास्थ्य, सरसफाइ, संस्कृति र जेष्ठ नागरिकको पक्षमा सहायता फाउन्डेसनले पुर्याएको योगदानको उच्च प्रसंशा गर्दै सांसद थापाले सहायता फाउन्डेसनलाई सहायता गर्न आफू सदैव प्रतिवद्ध रहेको पनि प्रष्ट पारेका छन् ।

    सो अवसरमा फाउण्डेसनका सल्लाहकार एवं गीतकार सुभाष चन्द्र ढुङ्गेल र राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेलको पनि आतिथ्यता रहेको थियो । ढुङ्गेलद्वयले समाज सेवाको महत्वमाथि प्रकाश पार्दै सहायता फाउन्डेसनको सेवाकर्म थप उचाईमा पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

    कार्यक्रममा बिनोद ढुङ्गेल र नकुल अच्छामीले गीत प्रस्तुत गरेका थिए । सहायता फाउण्डरेशनका अध्यक्ष राजु ढुङ्गेलको सभापतित्वमा शुशिला भैरव प्रागंणमा सम्पन्न सो कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको स्थानीय एवं वरिष्ठ  पत्रकार रमेश खड्काले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...