News Portal

  • भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ कार्तिक २०८१
    २८८ पटक
    भक्तपुर, ९ कार्तिक २०८१

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

    प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन शुक्रवार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो । प्रतियोगितामा नगरका ८४ वटा विद्यालयका २ हजार ८ सय ४६ जना खेलाडीहरुले भाग लिएको भनपा-१ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी गराए । आज शुक्रवारबाट शुरु खेलकुद प्रतियोगिता एक सातासम्म सञ्चालन हुने उनले बताए ।

    प्रतियोगिताको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्न खेलकुदले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । खेलकुदले सामुहिकता, अनुशासन र देशभक्ति सिकाउने उनको भनाइ छ ।अध्यक्ष बिजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार पार्न खेलकुदलाई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
    \
    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगितालाई नियमित रुपमा संचालन गरिरहेको जानकारी गराउंदै स्वस्थ नागरिक र सक्षम खेलाडी उत्पादनमा यसले टेवा पुग्ने बताए ।

    सो अवसरमा समसामयिक एक घटनाबारे टिप्पणी गर्दै नगर प्रमुख प्रजापतिले भनपा-१ स्थित भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा नगर्पालिकामाठी अनावश्यक आक्षेप लगाइएको स्पष्टिकरण दिएका छन् ।

    भक्तपुर क्याम्पस र भाज्या पुखु दुवै जनताका सम्पत्ति भएका भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने, ”दुवैको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।” उनले पोखरीको डिलमै ऐन–नियमविपरीत भक्तपुर क्याम्पसले निर्माण गरेको संरचना भत्काउनु परेको प्रष्ट पारे ।

    नगर प्रमुख प्रजापतिले नगरपालिकाले पोखरीलाई थप आकर्षक र भक्तपुर क्याम्पसको सुरक्षा तहाप व्यवस्थित गर्न नक्सा डिजाइन र लगत इष्टिमेट स्वीकृत गरी पर्खाल बनाउन लागेको पनि जानकारी गराए ।

    सो अवसरमा नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँ,
    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ लगायतले समेत खेलकुदको महत्वमाथि प्रकाश पार्दै नगरपालिकाप्रति आभार प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...