News Portal

  • लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०८१
    २०५ पटक
    bhaktapur policeभक्तपुर, २५ कार्तिक २०८१

    लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ  ।

    पक्राउ पर्नेमा २ स्थानका औषधी पसल संचालक समेत परेका छन् । लागू औषधको कारोवार गरेको अभियोगमा प्रहरीले शनिवार मध्यपुर थिमि-९ राधेराधे स्थित सुजु मेडिकलका संचालक ४८ वर्षीय गणेश प्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताएका छन् ।

    सुजु मेडिकलबाट लागू औषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले क्रेता २८ वर्षीय राजेश गुरागाईसहित संचालक आचार्यलाई शनिवार नियन्त्रणमा लिएको थियो । सो औषधी पसल खानतलास गर्दा ५ सय ३० थान ट्याब्लेट लागू औषध बरामद भएको डिएसपी नेउपानेले जानकारी दिए । भक्तपुर जिल्ला अदालतले आइतवार ५ दिन म्याद थप गरीदिएको र उनीहरु उपर थप अनुसन्धान कार्य भैरहेको उनको भनाइ छ ।

    यस अघि कात्तिक पहिलो सातामै मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक रोहित सिंहसहित बलिराम खड्का लागू औषध विक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । १ सय ८० ट्याब्लेट लागू औषध सहित पक्राउ परेका उनीहरुमाथि अझै अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधव बुढाथोकीले लागू औषध दुर्व्यसन रोक्न यसको कारोबार रोक्नुको बिकल्प नभएको बताए । लागू औषध सेवन गर्ने माथि अनुसन्धान गर्दा कारोबारी सम्म पुगिने उनको अनुभव छ । साना कारोबारीबाटै ठुलो कारोबारी पक्राउ पर्ने भएकोले लागू औषध राख्ने जोकोहीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    ९४ वर्षीया महिला शंकास्पद अवस्थामा मृत फेला

    भक्तपुरमा एक जेष्ठ नागरिक महिला दुबै खुट्टा बाधिएको अवस्थामा मृत फेला परेकी छन् । बुधवार...

    शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने

    सत्तारुढ दल नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीले शनिवार अधिवेशन गर्ने भएको छ । एमालेले नंखेलस्थित...

    रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप

    भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले रास्वपा सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् ।...

    आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

    sunil prajapati bhaktapur mahotsab

    भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि...

    भक्तपुरमा चोरीको आरोपमा युवक पक्राउ

    भक्तपुरमा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका-५ घर...