News Portal

  • लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०८१
    ४६१ पटक
    bhaktapur policeभक्तपुर, २५ कार्तिक २०८१

    लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ  ।

    पक्राउ पर्नेमा २ स्थानका औषधी पसल संचालक समेत परेका छन् । लागू औषधको कारोवार गरेको अभियोगमा प्रहरीले शनिवार मध्यपुर थिमि-९ राधेराधे स्थित सुजु मेडिकलका संचालक ४८ वर्षीय गणेश प्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताएका छन् ।

    सुजु मेडिकलबाट लागू औषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले क्रेता २८ वर्षीय राजेश गुरागाईसहित संचालक आचार्यलाई शनिवार नियन्त्रणमा लिएको थियो । सो औषधी पसल खानतलास गर्दा ५ सय ३० थान ट्याब्लेट लागू औषध बरामद भएको डिएसपी नेउपानेले जानकारी दिए । भक्तपुर जिल्ला अदालतले आइतवार ५ दिन म्याद थप गरीदिएको र उनीहरु उपर थप अनुसन्धान कार्य भैरहेको उनको भनाइ छ ।

    यस अघि कात्तिक पहिलो सातामै मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक रोहित सिंहसहित बलिराम खड्का लागू औषध विक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । १ सय ८० ट्याब्लेट लागू औषध सहित पक्राउ परेका उनीहरुमाथि अझै अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधव बुढाथोकीले लागू औषध दुर्व्यसन रोक्न यसको कारोबार रोक्नुको बिकल्प नभएको बताए । लागू औषध सेवन गर्ने माथि अनुसन्धान गर्दा कारोबारी सम्म पुगिने उनको अनुभव छ । साना कारोबारीबाटै ठुलो कारोबारी पक्राउ पर्ने भएकोले लागू औषध राख्ने जोकोहीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...