News Portal

  • बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ माघ २०८१
    २८७ पटक
    भक्तपुर, १३ माघ २०८१

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई चुनौती दिंदै उनले आफू प्रधानमन्त्री भए राम्रो काम गरेर देखाउने  दाबी समेत गरे ।

    आइतबार भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘‘यति कुरा दावाका साथ भन्नसक्छु कि अहिलेका प्रधानमन्त्रीको ठाउँमा प्रधानमन्त्री बनाइने हो भने धेरै राम्ररी काम गरेर देखाउँछु ।” आजै प्रधानमन्त्री नियुक्ति गरे देश चलाउँने तरीका सिकाइदिने उनको दावी छ ।

    प्रधानमन्त्री भएर देश बनाउने भिजन भएकै कारण आफू कांग्रेस संसदीय दलको नेता बन्न चाहेको पनि उनले खुलासा गरेका छन् । प्रधानमन्त्री भैसकेका कुनैपनि नेताबाट देश नबन्ने उनको जिकिर छ । युवा पुस्ता प्रधानमन्त्री नबनी देश नबन्ने उनले बताए ।

    प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस महामन्त्री थापाले राज्यले नागरिकलाई देशमै राख्नपर्नेमा जोड दिए । देशमै आत्मसम्मानका साथ् बस्ने वातावरणका लागि राज्यले योजना अघि सार्नुपर्ने उनको भनाइ छ ।

    सो अवसरमा उनले मीनकुमारी राणा प्रतिष्ठानले निर्माण गरेको स्व मीनकुमारी राणाको प्रतिमा अनावरण पनि गरे ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापाले स्व मीनकुमारी राणाको व्यक्तित्वबारे प्रकाश पार्दै प्रतिष्ठानले समाजसेवामा पुर्याइरहेको योगदानको प्रशंसा गरे । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका नेताकार्यकर्ताको उपस्थिति थियो ।

    त्यस्तै प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको तीन विधाका पुरस्कार र एक विद्यालयको छात्रवृत्ति पनि प्रदान गरिएको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...