News Portal

  • पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ माघ २०८१
    २७७ पटक
    भक्तपुर, १४ माघ २०८१

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ ।

    प्रजापति निवास पुगेर उनको श्रीमतीलाई शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सोमबार २९ हजार रुपैया सहयोगस्वरुप हस्तान्तरण गरेका सचिव दीपक ढुंगानाले जानकारी दिए ।

    शाखाको मातहतमा रहेको पत्रकार कल्याण कोषबाट १० हजार तथा विभिन्न सञ्चारकर्मीबाट संकलित १९ हजार गरी कूल २९ हजार हस्तान्तरण गरिएको सचिव ढुंगानाले बताएका छन् ।

    पत्रकार प्रजापतिलाई शाखाले आर्थिक सहयोग गर्न पाउँदा अध्यक्ष सुन्दर सिल्पकारले सन्तोष ब्यक्त गरे । थप रकम उठ्ने क्रममा रहेको र आगामी दिनहरुमा हस्तान्तरण गर्दै जाने उनले बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश कार्यालयमा पनि प्रजापतिको उपचारका लागि आर्थिक सहयोगको माग गरिएको अध्यक्ष सिल्पकारले जानकारी दिए ।

    दुई महिना अघि हृदयघात भई मुटुको शल्यक्रिया गरेका प्रजापति हाल निवासमै आराम गरी राखेका छन् । उनको गत माघ ४ गते शहीद गङ्गालाल ह्र्दय रोग निवारण केन्द्र काठमाडौमा शल्यक्रिया गरिएको उनकी श्रीमतीले जानकारी दिइन् । महासंघ सदस्य रहेका पत्रकार प्रजापति राससका भक्तपुर संवाददाता हुन् । भक्तपुर पोस्ट उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...