शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ । उपचारको क्रममा मंगलवार साँझ उनको भक्तपुर अस्पतालमा निधन भएको हो ।
उनी शहीद भरत गोपाल झाको पत्नी हुन् । शहीद भरत गोपाललाई तत्कालीन सरकारले पञ्चायति व्यवस्थाको बिरोध गर्दा पक्राउ गरी रहस्यमय ढंगले हत्या गरेको थियो ।
पति वियोगले बिचलित नबनी शारदा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेकी थिइन् । ७५ वर्षीया शारदा भक्तपुर काँग्रेसको अभिभावक थिइन् । शहीद भरत गोपाल झा प्रतिष्ठान मार्फत उनी सामाजिक सेवाम समेत सक्रिय थिइन् । उनको निधनले पार्टीलाई अपूर्णनीय क्षती पुगेको काँग्रेस नेताहरुले बताएका छन् ।
मंगलवार राति नै उनको पार्थिव शरीरलाई पशुपतिको आर्यघाट पुर्याई अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।