News Portal

  • भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० माघ २०८१
    ३६४ पटक
    भक्तपुर, २० माघ २०८१

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर दुई पाङ्ग्रे सवारी चालकलाई पठाउन शुरु गरेको हो।

    दुई पाङ्ग्रे सवारी साधन बढीमात्रामा दुर्घटना भएकोले ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन शुरु गरेको भक्तपुर ट्राफिक प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक प्रदिप खत्रीले प्रष्ट पारे ।

    ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतवार भक्तपुरको दुधपाटीमा दुई पाङ्ग्रे सवारी साधनलाई बाटोमै रोकेर राखेपछि मानिसमा कौतुहलता छाएको थियो । पछि उनीहरूलाई दुई मिनेट ट्राफिक नियम पालना सम्वन्धी सचेतना कक्षा लिएर छाडिएको थियो । यो सचेतना कक्षालाई अभियानकै रुपमा १० दिन सम्म विभिन्न स्थानमा संचालन गरिने पनि जिल्ला ट्राफिक प्रहरी प्रमुख खत्रीले जानकारी दिएका छन् ।

    दुईपाङ्ग्रे सवारी चालकलाई सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगर्न, मापसे र लापसे गरि सवारी नचलाउँन , लेन अनुसासन कायम गर्न , ट्राफिक बत्ति र इसाराको पालना गर्न तथा तीब्र गतिमा सवारी नचलाउँन लगायतका विषमा सचेत गराइने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी माधव बुढाथोकीले बताएका छन् । यसले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनले बिश्वास समेत व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...