News Portal

  • सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० माघ २०८१
    १३६६ पटक
    भक्तपुर, २० माघ २०८१

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति बदर भएको छ । आइतबार सर्वोच्च अदालतले उनको नियुक्ति बदर हुने आदेश दिएको हो ।

    सर्वाेच्चले जारी गरेको उत्प्रेषणको आदेशमा बरालको योग्यता नपुग्ने ठहर गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा बरालसंग आवश्यक अनुभव नभएको भन्दै सर्वोच्चमा रिट परेको थियो । टैलेन्द्र आचार्यले दायर गरेको रिटमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र नृपध्वज निरौलाको इजलासले उत्प्रेषणको आदेशबाट नियुक्ति बदर गरिदिएको हो । नियुक्तिका लागि आवश्यक प्राविधिक तथा ब्यवसायिक शिक्षाको क्षेत्रमा १५ वर्षको अनुभव प्राडा बरालसंग नभएकोले नियुक्ति बदर भएको आदेशमा भनिएको छ ।

    प्राडा बराललाई गत मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले सिटिइभिटीको उपाध्यक्ष नियुक्त गरेको थियो ।

    शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको गृह जिल्ला कास्कीका भएकोले उनकै जोड्बलमा प्राडा बरालको नियुक्ति भएको ननस्टप श्रोतले बताएको छ । उपाध्यक्षमा आवेदन भरेका र प्रधानमन्त्री केपी ओलीको आश्वासन समेत पाएका झापाका टैलेन्द्र आचार्य यो नियुक्तिबाट असन्तुष्ट थिए । उनी सिटिइभिटीका निर्देशक समेत हुन । असन्तुष्ट टैलेन्द्र प्राडा बरालको नियुक्ति बिरुद्ध सर्वोच्च अदालत पुगेपछि बरालको नियुक्ति अवैधानिक देखिएको र अन्ततः बदर भएको हो ।

    उपाध्यक्षमा १ दर्जन बढीले आवेदन दिएका थिए । अब फेरि नयाँ प्रक्रिया शुरु हुने श्रोतले जानकारी दिएको छ । ननस्टप खबरबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...