News Portal

  • १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ माघ २०८१
    १६३ पटक
    भक्तपुर, २८ माघ २०८१

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द यो जात्रा यस वर्ष स्थानीय युवाहरूको सक्रियतामा आइतबार राति सम्पन्न भएको हो ।

    श्री स्वस्थानी ब्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन सकेको थिएन । नगदेश लाय्कु दरवार समितिका सदस्य भाइजन बाडेले यस वर्ष धुमधामले पुलुकिसि जात्रा प्रदर्शन गर्न पाउँदा सन्तोष व्यक्त गरे ।

    काठमाडौ र भक्तपुर नगरमा पुलुकिसि जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्छ भने नगदेशमा स्वस्थानी ब्रत कथाको आधारमा गरिदै आएको  छ । माघ महिनाभर वाचन हुने श्री स्वस्थानी ब्रतकथा अनुसार हात्तीले ब्राह्मण पुत्र नवराजलाई राजा छान्ने कथालाई यस पुलुकिसी जात्राले प्रदर्शनीमार्फत जीवन्तता दिदै आएको देखिन्छ ।

    राजा छानिएको खुसियालीमा भोजभतेर गर्दै नगदेशबासीहरुले यो जात्रा मनाउने गरेको स्थानीय एवं जात्रा ब्यवस्थापक बिनोद कोजू बताउँछन् । विशेषगरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएका छन् ।

    सुयोग्य बरबधुको मनोकाक्षां राख्दै युवापिढीहरुले पनि ब्रत बस्ने र पर्व मनाउने परम्परा भएकोले युवा पुस्ताको यस् पर्वमा आकर्षण रहेको पत्रकार बाबुकाजी साछेँ श्रेष्ठले बताए ।

    हरेक वर्ष भीमाद्वादर्शीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ । अबका वर्षमा जात्रालाई आर्थिक अभाव हुन नदिने नगरपालिकाले जनाएको छ । जात्राको निरन्तरतामा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय कृष्ण श्रेष्ठले प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...