News Portal

  • सोमबार चाँगुनारायण-७ मा नगरकोट भ्रमण वर्षको वडास्तरीय समिति विस्तार गरिने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ फागुन २०८१
    १०४ पटक
    भक्तपुर, ४ फागुन २०८१

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ ले नगरकोट भ्रमण बर्ष २०८२ को तयारी तीब्र बनाएको छ । सोही अन्तर्गत सोमबार वडास्तरीय आयोजक समिति विस्तार गर्ने कार्यक्रम रहेको छ ।

    वडाध्यक्ष श्यामकाजी नयाँजूले एक सूचना जारी गर्दै कार्यक्रममा उपस्थितिको लागि वडाबासीलाई अनुरोध गरेका छन् । सोमबार बिहान ११:०० बजे बागेश्वरीस्थित वडा कार्यालयमा बृहत छलफल आयोजना गरिएको वडाध्यक्ष नयाँजूले जनाएका छन् । त्यहाँबाट वडास्तरीय आयोजक समिति विस्तार गरिने उनले जानकारी गराए ।

    चाँगुनारायण नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्षलाई ११ औं नगर सभाबाट अनुमोदन गरी तयारी तीब्र बनाएको हो । विश्वप्रसिद्ध पर्यटकीय स्थल नगरकोटमार्फत समग्र नगरकै प्रचार प्रसार र पर्यटन बिकासको लक्षसहित भ्रमण वर्ष मनाउन लागिएको छ । वडा नम्बर ७ ले भ्रमण बर्ष सफल पार्न सक्दो काम गर्ने वडाध्यक्ष नयाँजूले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...