News Portal

  • भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ साउन २०८२
    १४ पटक
    भक्तपुर, २२ साउन २०८२

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् ।

    स्थानीय सरकारको नेतृत्व, सेवा प्रवाह र समन्वयबारे बुझ्न उनीहरू स्थलगत भ्रमणमा आएका हुन् ।

    सो अवसरमा ‘परिवर्तनको लागि नेतृत्वको भूमिका: स्थानीय सरकारसँग साक्षात्कार’ शीर्षकमा अन्तरक्रिया कार्यक्रममा समेत उनीहरू सहभागी भए ।

    अन्तरक्रियामा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको योजनाबद्ध कार्यशैली र स्थानीय तहको सशक्त अभ्यास प्रस्तुत गरेका थिए ।

    प्रमुख प्रजापतिले निर्वाचन घोषणापत्रमा जनतालाई दिएका वाचा एक–एक गर्दै पूरा गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गरिएका लगानी, करोडौँको छात्रवृत्ति, पीएचडी तहसम्म पूर्ण छात्रवृत्ति, शैक्षिक ऋणलगायतका योजना कार्यान्वयनबारे जानकारी गराए।

    साथै, सम्पदा पुनःनिर्माणमा विदेशी सहयोग नलिने र आत्मनिर्भरताको पक्षमा अडिग रहने आफ्नो पालिकाको स्पष्ट नीति रहेको उल्लेख गरे ।

    उनले वडा तहमै सेवा प्रवाहको प्रभावकारी व्यवस्था, जनतालाई सशक्त बनाउन नीतिगत प्रयासबारे प्रष्ट पारे ।

    संघीय संरचना प्रतिकूल हुने गरी संघ र प्रदेश सरकारले स्थानीय तहको काममा हस्तक्षेप गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।

    “कर्मचारीको सरुवा, बढुवा र भर्ना अधिकार खोसिदिंदा स्थानीय तह कमजोर बन्दै गएको छ,” प्रजापतिले भने।

    कार्यक्रममा उपप्रमुख रजनी जोशीले उपभोक्ता समिति र ठेकेदार मोडलबीचको भिन्नताबारे भन्दै आफूहरू उपभोक्ता समितिलाई जवाफदेही बनाएर बिकासनिर्माणमा सफल भैरहेको भनिन । नगरपालिकाले युवामुखी सीप विकास तालिमहरूलाई प्राथमिकतामा राखेको पनि उनले बताइन्।

    प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सानो क्षेत्रफलमा सीमित रहेर पनि भक्तपुर नगरपालिक ठुलो काम गर्दै  आएको र अन्य पालिकाले सिक्न लायक तथ्य प्रस्तुत गरे।

    भ्रमण टोलिमा जल तथा मौसम विज्ञान विभागकी सहसचिव डा. अर्चना श्रेष्ठ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सहसचिव चक्रपाणी पाण्डे, कृषि मन्त्रालयका अमृत श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका नवराज ढकाल, कर्णाली प्रदेशका इन्द्रदेव भट्टसहितका सहसचिवहरूको उपस्थिति थियो। सहभागीहरूले सेवा प्रवाह, उपभोक्ता मोडल, फोहोर व्यवस्थापन, सीप परीक्षण विधि, आर्थिक अनुशासनलगायत विषयमा जिज्ञासा राखेका थिए ।

    अवलोकन भ्रमण अन्तर्गत टोलीले ख्वप समूहअन्तर्गतका शैक्षिक संस्थाहरू, अस्पताल, पुस्तकालय र शिशुस्याहार केन्द्रको स्थलगत अध्ययन पनि गर्‍यो। अध्ययन भ्रमणले स्थानीय सरकारको कार्यप्रणाली, अभ्यास र जिम्मेवारीप्रतिको दृष्टिकोण बुझ्न महत्वपूर्ण भूमिका खेलेको सहसचिवहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...