News Portal

  • नाङ्लेभारेमा विद्यार्थीले गुण्डा लगाएर शिक्षक कुटे, अवस्था चिन्ताजनक, आइसीयुमा उपचार हुँदै

    २६१० पटक

    राजिव चन्द, काठमाडौँ ।

    काठमाडौँको नाङ्लेभारेमा विद्यार्थीले टोले गुण्डा लगाएर आफ्नै शिक्षकमाथि निर्घात कुटपिट गरेका छन् ।

    शंकरापुर गाउँ पालिका ३ नम्बर वडामा रहेको कालिकाचरण माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी प्रविण तामाङले आफ्नै शिक्षक सुरेश ठगुन्नालाइ गुण्डा लगाएर निर्घात कुटाएर सिकिस्त घाइते बनाएका हुन् ।

    दार्चुला घर भइ कालिकाचरण माविमा अध्यापन गराउदै आएका शिक्षक ठगुन्नाले बुधबार तामाङलाइ कपाल धेरै लामो भएको भन्दै काटेर आउनु भनेका थिए । तर उनले कपाल नकाटेपछि उनलाई प्रधानाध्यापकको कार्यकक्षमा बोलाएर सम्झाइएको थियो ।

    बिद्यार्थी तामाङले अनुशासन उलंघन गरेको भन्दै प्रधानाध्यापक प्रमोद प्रधानले सम्झाइरहेका बेला एक्कासि तामाङले बोलाएका टोले गुण्डाहरुले बिद्यालय कार्यालय भित्रै प्रवेश गरी ठगुन्नामाथि आक्रमण गरेका थिए ।

    शिक्षक ठगुन्नालाई स्थानीय टोले गुण्डा गणेश लामा, दिनेश वाइवा र प्रदिप तामाङले आक्रमण गरेको बिद्यालय प्रसाशनले इमान्दार मिडियालाई जानकारी दिएको छ । विद्यालयका अनुसार उनीहरु कार्यालय प्रवेश गरेर कुर्ची टेबल र लट्ठीलगायतले आक्रमण गरेका हुन् ।

    गुण्डाहरुको आक्रमणबाट घाइते शिक्षकको टाउको र गालाको हड्डीमा गम्भीर चोट लागेको छ । घाइते ठगुन्नालाई उपचारका लागि सुस्म कोइराला मेमोरियल अस्पताल साखुमा लागेपनि त्यहा उनको उपचार सम्भब नभएपछि कान्तिपुर मेडिकल कलेज सिनामंगल रिफर गरिएको छ ।

    अहिले उनलाई आइसीयुमा राखेर उपचार भइरहेको प्रधानाध्यापक प्रमोद प्रधानले इमान्दार मिडियालाई जानकारी दिएका छन् । प्रअ प्रधानले दिएको जानकारीअनुसार उनलाई दिउसो ४ बजे आक्रमण गरिएको हो ।

    उक्त घटनापछि बिद्यालय क्षेत्रको बाताबरण त्रासमय बनेको छ भने स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । आक्रमणकारीहरु एमालेनिकट भएको र घटनालाई राजनीतिक करण गर्न खोजिएको भन्दै दोषीलाई कानुनबमोजिम कारवाही गर्न विद्यालयले माग गरेको छ ।

    घटनापछि प्रहरी घटनास्थल पुगेपनि आक्रमणकारीलाइ समात्न सकेको छैन । शिक्षकमाथि आक्रमण गर्ने टोले गुण्डाहरुलाई एमालेले संरक्षण खोजेको छ भने कुटाइ खाने शिक्षक काँग्रेस समर्थक भएका कारण दोषीलाई कारबाही हुने कुरामा शंका उत्पन्न भएको छ ।

    विद्यालयले कार्यालय परिसरमै प्रवेश गरी यसरी आफ्नो शिक्षकमाथि आक्रमण गरिएका कारण दोषीलाई पक्राउ गरि कारबाही नगरेसम्म बिद्यालय अनिश्चितकालिन बन्द रहने सूचना जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...