News Portal

  • गोविन्द गिरीले ध्यान बाट सगुनको उत्पति भएको भनेपछि नयाँ दिल्लीमा हङ्गामा

    अनलाइनपर्दा संवाददाता
    ८८९ पटक

    काठमाडौं । सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक गरिन् ।

    अर्की टीभी स्टार मंदिरा बेदीले संचालन गरेको कार्यक्रममा एप सार्बजनिक गरेपछि अभिनेतृ श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् । सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाइ थियो । “सगुनको एप निकै चाखलाग्दो छ, तपाईंका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ” अभिनेतृ श्रद्धाले भनिन् ।

    बलिउड अभिनेतृ श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रश्न समेत गरिन् । “मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ, ध्यान गर्दा मलाई सबै आइडिया आएको हो” गिरीले जवाफ दिए । उनको जवाफ सुनेर श्रद्धा चकित हुँदै आफू पनि ध्यान गर्ने बताइन् ।

    कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लंचिग कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्टेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली पुगेका थिए ।

    एप सार्बजनिक कार्यक्रम गर्न होटलको हल विशेष रुपले सजाइएको थियो । आयोजक टिमले कार्यक्रमलाई कसरी भब्य बनाउने भनेर स्टेजमै दर्जनौ पटक अभ्यास गरेको थियो ।

    कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । “तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अबसर बढ्ने छ, विश्वब्यापी रुपमा यसको प्रयोगकर्ता बढेभने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ” गिरीले भने ।

    सगुनका सहसंस्थापक कविन सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोह गरेर एप सार्बजनिक गरिएको बताए । उनले भने “फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिग गरेका छौं ।”

    वेव प्लेटफर्ममा रहेको सुगुनले स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर एन्डोइड एप सार्बजनिक गरेको हो । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि यसको प्रतीक्षा गरेका थिए । यस एपले प्रयोगकर्ताको गोपनियतालाई सुनिश्चित गरेको छ । सगुन एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने बताइएको छ ।

    एपमा प्रयोगकर्ताहरुले गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।

    मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ । यसको अर्को विशेषता आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ ।

    यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपार्इँका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

    अल इन वन एप जस्तै रहको सगुनमा ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर समाहित छन् । यसलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्बजनिक गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...