News Portal

  • भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग

    अनलाइनपर्दा संवाददाता
    १२६९ पटक

    भक्तपुर, पुस २७ । नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ ।

    गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ ।

    भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ती क्षेत्रमा घर निर्माणमा आर्थिक सहयोगका साथै व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गर्दै आएको छ ।

    देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने शहरी क्षेत्रमा दैनिक रु तीन करोडको दूध उपभोग हुने गरेको एशोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।

    देशमा करिब रु १५ अर्बको लगानी डेरी उद्योगमा रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको एशोसिएसनले जनाएको छ । उक्त एशोसिएसनअन्तर्गत करिब २ सय उद्योग समावेश छन् ।

    एशोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले कृषकलाई समयसापेक्ष मूल्य समायोजन र कृषकले पनि गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । मुलुकमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुने भए पनि स्वदेशमा दूधको माग पूरा गर्न त्यसको २५ प्रतिशत दूध आयात गरिँदै आएको दाहालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...