News Portal

  • भक्तपुरमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण

    इभक्तपुर संवाददाता
    २०७२ पटक

    भक्तपुर, २८ पुस । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

    केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए । केन्द्रले मुलुकमा नै पहिलो पटक सफल मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण गर्नाका साथै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रूपमा उपलब्ध गराएको उनले बताए ।

    मिर्गौला रोगीको चाप बढेसँगै सेवा थप्दै लगेको केन्द्रले अबको केही दिनमै भक्तपुरमा पहिलोपटक मुटुको ओपन हर्ट सर्जरी सेवा शुरु गर्न लागेको डा श्रेष्ठले बताए । विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रको नामसमेत परिवर्तन गरी शहीदको नाममा नामाकरण गरेको छ ।

    गत पुस १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । मन्त्रालयबाट परिपत्र आउने बित्तिकै अहिलेको बोर्ड परिवर्तन गरिने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...