News Portal

  • मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्सहरुलाई देशव्यापी साथ् , निर्देशक पुकारचन्द्रको बढ्यो परेशानी

    इभक्तपुर संवाददाता
    १२५९ पटक

    भक्तपुर, २८ पुस। ११ बुँदे माग राख्दै देशभरका नर्सहरु अान्दाेलनमा उत्रिएका छन् । नेपाल नर्सिङ्ग संघको आव्हानमा देशभरका नर्सहरु वुधवारबाट आन्दोलित भएका हुन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले ३ जना नर्सलाई निस्काशन गरेपछि नर्सिङ संघले अान्दाेलनमा जाने निर्णय गरेकाे हाे ।

    बिगत सात महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सहरु आन्दोलनरत छन । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने, करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सहरुले विगत चारदिनदेखि आकस्मिक कक्षमै धर्ना समेत दिएका छन ।

    केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले आफूहरुमाथि पूर्वाग्राही भएर रोजी रोटी खोसेको आरोप लगाउने नर्स त्रजिना जति र सजिना द्यौलाले आफुहरुको लडाई नर्सलाई घरेलु मजदुर जस्तो समेत व्यवहार नगर्ने प्रवित्ति बिरुद्ध भएको र न्याए नपाउञ्जेल नरोकिने बताएका छन ।

    भक्तपुरमा निष्कासित नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका देशभरका नर्सहरुले पहिलाे दिन अाज १ घण्टा काम छाडेका छन् । हातमा कालो पट्टी बाँधेर अान्दाेलन सुरु गरेका नर्सहरुले बुधवार विहान १० देखि ११ बजेसम्म देशभरका नर्सिङ सेवा ठप्प पारे । उनीहरुले आइतबारसम्म प्रत्येक दिन १० बजेदेखि ११ बजेसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।

    त्यस्तै, माघ १ गतेदेखि ३ दिनसम्म विहान १० बजेदेखि ३ घण्टा ड्युटी छाड्ने तथा ४ गते देखि ७ गते सम्म ड्युटीमै नजाने गरी आन्दोलनको कार्यक्रम तय गरिसकेका छन् ।

    ‘विभिन्न ११ सुत्रीय माग राखेर आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि हामी यो आन्दोलन गर्न बाध्य भएका हौ’, नेपाल नर्सिङ्ग संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले भनिन्, ‘मागप्रति सरकारको सुनुवाई नभए हामी दोश्रो चरणको आन्दोलन गर्न बाध्य हुनेछौं ।’

    संघले नर्सहरुमाथि भएका श्रम शोषण, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनु पर्ने, स्कुलमा नर्स राखिनु पर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली लगायतका माग राख्दै आएको छ । उक्त मागप्रति एक्यवद्धता जनाउदै देशभरका नर्सहरु आन्दोलनमा उत्रेका छन् ।

    नेपाल नर्सिङ्ग संघले पहिलाे चरणमा अाफ्ना माग पूरा नभएमा दाेस्राे चरण जाने र दोश्रो चरणको आन्दोलन अझै सशक्त हुने चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...