News Portal

  • भाइरल प्रतिरोधमा शक्तिको शक्ति

    इभक्तपुर संवाददाता
    १२४५ पटक

    जाजरकोट, ३० पुस । जाजरकोटमा भाइरलले हताहती पारेपछि पूर्व स्वास्थ्य एबम गृहमंत्री समेत रहेका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत एक स्वास्थ्य टोली लिएर भक्तपुरबाट जाजरकोटको यात्रा तय गरेका छन । उनी स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम लिएर जाजरकोट आइपुगेका हुन् ।

    भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।

    बस्नेतले जुनिचादे गौपालिकामा पुगी भाइरल प्रभावितहरुको स्वास्थ्य उपचार गर्न निर्देशन दिएका छन् । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम बमोजिम उनी व्यस्त बने ।

    भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ । यो औषधी भाइरल नियन्त्रणमा पर्याप्त हुने भन्दै अपुग भए थप ल्याइने टोलीका एक डाक्टरले जानकारी गराए ।

    जाजरकोटबाट राजधानी ल्याइ राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १३ पुगिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...