News Portal

  • कार्यक्रम सकिएपछि पुगे प्रमुख अतिथि बनेका माननीय महेश बस्नेत

    इभक्तपुर संवाददाता
    २६४२ पटक

    भक्तपुर, ३० पुस । युवा नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य बनेपछि निकै व्यस्त बनेका छन । उम्मेदवार भएका बेला कार्यक्रम खोजीखोजी जाने बस्नेत सांसद बनेपछि भने समय दिएर पनि नजाने , ढिला जाने त्यसैगरी आफ्नो भाषण सकाएर हिडीहाल्ने कारण आलोचित बनेका छन ।

    शनिवार  नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ३८ औ जिल्ला भेला तथा यस वर्षको “क्षयरोग नियन्त्रण अभियान पुरस्कार–२०७४” वितरण कार्यक्रम राखेको थियो । जसमा प्रमुख अतिथि थिए माननीय महेश बस्नेत । बिहान १० बजेको लागि राखिएको कार्यक्रममा बस्नेत ११ बजे पनि नअएपछि  कार्यक्रम उद्घाटन बिनै आरम्भ भयो ।

    पानसमा रहेको बत्तीले बस्नेतलाई कुरिरहेको थियो । आयोजक कार्यक्रम लम्बाइरहेका थिए । बस्नेतको भने अत्तोपत्तो भएन । बस्नेतले आउछु भनेर नआएको प्रति सहभागीहरुले कानेखुशी गर्न थालेपछि जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल र प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठको प्रयास पछि कार्यक्रम सकिनै लाग्दा माननीय बस्नेत आउने भए । उनी आउने भएपछी उनको लागि कार्यक्रम नसकाइकन बस्यो आयोजक । दिएको समय भन्दा ४ घण्टा पछि माननीय बस्नेत आए । उनले पानसमा बत्ती बाले र पुरस्कार वितरण गरे अनि कार्यक्रम सकियो ।

    बस्नेतले पार्टीको मिटिंगमा व्यस्त बन्नु परेको कारण आफ़ू आउन ढिला भएको भन्दै अफसोस व्यक्त गरे । तर समस्या उनमा मात्र थिएन । ४ वटा नगरपालिका रहेको भक्तपुरका ४ जना नै मेयरहरूलाई कार्यक्रममा अतिथि बनाइएको थियो । बस्नेत त भलै ढिला भए पनि आए तर मेयर सा’बहरुको भने नाकमुख देखिएन । चुनाव अगाडी ठुला ठुला कुरा गर्ने आफ्ना जनप्रतिनिधिहरुका यो चाला देखेर सहभागीहरु निरास बनेका थिए ।

    विगत चार दशकदेखि विभिन्न सामाजिक क्षेत्रमा सेवा गरेका र क्षयरोग नियन्त्रण अभियानमा भक्तपुर जिल्लामा मात्र नभई नेपालको विभिन्न जिल्लाहरुमा गई क्षयरोग पत्ता लगाउने कार्यमा समेत योगदान पु¥याउदै आएका भएका बासुदेव प्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीलाई कार्यक्रममा बस्नेतले दोसला ओढाई सम्मानपत्रद्वारा सम्मान गरे ।

    संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर प्रदेश नं. २ ख का सदस्य राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेगाल,सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, प्रगतिशील लेखक संघका अध्यक्ष डीपी ढकाल, सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल, सशस्त्र प्रहरी बल दुवाकोटका नायब उपरीक्षक बसन्त कुमार बोगटी, नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय उपाध्यक्ष वेदप्रसाद कोजुलगायत वक्ताहरुले भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भक्तपुर जिल्ला क्षयरोग संस्थाले गरिरहेको क्रियाकलापको  प्रशंसा गरेका थिए  ।

    कार्यक्रममा संस्थाका सचिव राजेश्वरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, आगामी कार्यक्रम र कोषाध्यक्ष गायत्री श्रेष्ठले प्रस्तुत गरेको आयव्यय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी कार्यक्रमको अनुमानित बजेट सर्वसम्मत पारित गरियो । संस्थाले न्यून आयस्रोतका बाबजुद पनि ६२ वटा कार्यक्रम गर्न सफल भएको र कोष बृद्धिमा थप गर्न सकेकोमा सन्तोष व्यक्त गरिएको थियो । आगामी दिनहरुमा पनि सबैको सहयोगमा कोष बृद्धि गर्दै जाने लक्ष्म रहेको र त्यसमा  सबैलाइ  सहयोग गर्न अपील गरेको संस्थाका उपसभापति विष्णु प्रसाद न्हिसुतु जानकारी दिए ।

    संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले स्वागत गरेको सो कार्यक्रममा भक्तपुरमा क्षयरोग नियन्त्रण गर्न गतबर्ष सहयोग गर्ने सशस्त्र प्रहरी बल दुवाकोट, नगदेश बौद्ध विहार मध्यपुर थिमि, महानगरिय प्रहरी वृत्त मध्यपुर थिमि, हिमालयन उल क्राºट, दक्षिण बाराही ईट्टटा उद्योग दधिकोट र मुनि विहार भक्तपुरलाई मायाको चिनो सहित प्रशंसापत्रद्वारा सम्मान गरियो । सिद्धि स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम संस्था सहसचिव लक्ष्मण सुखजुले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...