News Portal

  • प्रधान न्यायाधिस पराजुलीलाई जेल नहाली नछाड्ने डा. केसीको दावी

    ११५४ पटक

    काठमाडाैं, ३० पुस। चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’

    भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए । ‘अहिले डिन अर्कै व्यक्ति बनाउने खेल भइरहेको छ,’ केसीले भने, ‘अग्रवालले बाँकी तीन वर्षको कार्यकाल सम्हाल्नेछन्, त्यसमा चलखेल भए परिणाम राम्रो हुनेछैन।’ प्रा.डा. केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् ।

    मर्न तयार भएको व्यक्ति एक वर्षको जेलले असर गर्दैन केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्‍यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । मलाई एक वर्ष होइन, पाँच वर्ष जेल हाल्दा पनि हुन्छ ।’ चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पक्षमा मर्न तयार भएर लडेको व्यक्ति जेल बस्नबाट पछि नहट्ने उनको भनाइ छ ।

    ६ वर्षमा १४ पटक अनशन
    -पहिलो २१ देखि २४ असार ०६९ – दोस्रो २७ साउनदेखि २ भदौ ०६९ – तेस्रो २७ पुसदेखि १० माघ ०७० – चौथो २५ माघदेखि ३ फागुन ०७० – पाँचौँ ८ देखि १९ फागुन ०७१ – छैटौँ ७ देखि १९ भदौ ०७२ -सातौ २ देखि १२ असोज ०७२ -आठौँ २६ असारदेखि ५ साउन ०७३ -नवौँ १० देखि १३ असोज ०७३ – दशौँ २७ कात्तिकदेखि १९ मंसिरसम्म ०७३ – एघारौँ ९ देखि ३१ साउन ०७४ -बाह्रौँ ९ देखि ११ असोज ०७४ -तेह्रौँ १९ असोजदेखि १ कात्तिक ०७४ – चौधौँ २४ देखि २९ पुस ०७४

    यस्तो छ सरकार र केसीबीच भएको सहमति –

    सर्वोच्च अदालतको मिति ०७४ पुस २३ गतेको मुद्दा नम्बर ०७० डब्लुओ ०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा ‘जहाँसम्म हाल नियुक्त भएका प्रा.डा. जगदीशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैरकानुनी हो भन्ने आधार पुष्टि नभएको’ भनी गरेको आदेशअनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

    – चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिम सिफारिस समिति आजको मितिले सात दिनभित्र गठन गर्ने ।
    – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने ।
    आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्न तत्काल त्रिवि सभा सिनेटको बैठक बोलाउने ।
    – त्रिवि शिक्षण अस्पताल सुधारसम्बन्धी माग सम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधार सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा विस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने विस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

    -डा. गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त्य गर्ने । व्यक्ति तोकिएको निर्देशन मान्दैनौँ : त्रिवि उपकुलपति त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले सरकारले डिन बनाउन व्यक्ति तोकेर दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन् । सरकार र केसीबीच भएको सहमतिको दोस्रो बुँदामा आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिन सरकारले त्रिविलाई निर्देशन दिने उल्लेख छ । सहमतिलगत्तै उपकुलपति खनियाँले सरकारले दिएको नीतिगत निर्देशन आफूहरू मान्न तयार भएको, तर व्यक्तिबारे दिएको निर्देशन मान्न बाध्यकारी नभएको बताए । ‘आइओएममा चार–चारजना सहायक डिन छन्, अहिले नै अग्रवालले डिन पद सम्हाल्नुपर्ने कारण थिएन,’ खनियाँले नयाँ पत्रिकासँग भने, ‘सर्वोच्च अदालतले अग्रवाललाई डिन मान्न भनेमा मानौँला, होइन भने कानुनी राय लिएर त्रिविले आफ्नो निर्णय गर्नेछ ।’

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...