News Portal

  • आफ्नो ब्रतबन्ध भएको गोदावरीधाममा पुगेर सत्ता हस्तान्तरणबारे प्रम देउवाको यस्तो दावी

    इभक्तपुर संवाददाताकैलाली, ३० पुस
    १४६२ पटक
    कैलाली, ३० पुस

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई सत्ता लम्ब्याउने खेलमा नलागेको दावी गरेका छन । राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने र त्यसपछि आफुले नयाँ सरकारलाई बाटो छोडिदिने उनले बताए ।

    ७ नम्बर प्रदेशको कैलालीस्थित गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै प्रधान मन्त्री देउवाले राष्ट्रियसभाको चुनावपछि सरकार छाड्ने उद्घोष गरे ।

    उनले आफ्नो व्रतबन्ध भएको कैलालीको गोदावरीधाममा आएर आफुले झुटो नबोल्ने भन्दै आफु व्यक्तिगत स्वार्थ बोकेर सरकारमा नतासिएको बल्कि विधिको शाशनको लागि बाटो बनाइरहेको बताए ।

    उक्त अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले जनभावना बिपरित सत्तामा नटासिन भन्दै नयाँ जनादेशबमोजिम नयाँ सरकारलाई मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...