News Portal

  • देशभरका नर्सहरु आन्दोलित : सेवा प्रभावित

    काठमाडौँ, ३ माघ
    १०५५ पटक
    काठमाडौँ, ३ माघ

    बिरामीको अनुपात सबै अस्पतालमा नर्स नियुक्ति, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुन:स्थापना गर्नुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत नर्सले मंगलबारबाट विरोध कार्यक्रम थप सशक्त बनाएका छन् ।

    नेपाल नर्सिङ संघले सातादेखि ११ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

    थापाथलीस्थित प्रसूतिगृहमा मंगलबार बिहान १० बजे नर्सहरूले जनरल वार्ड छाडे । कोही धर्नामा बसे, कोही अस्पतालवरपर घुमिरहे, तर काम भने गरेनन् । अस्पताल परिसरमा बसेका नर्सलाई कुरुवा आफैंले बोलाउन आए, बिरामी हेरिदिन अनुरोध पनि गरे । तर उनीहरू दिउँसो एक बजेसम्म काममा नफर्किएपछि अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित भयो । अस्पतालकी नर्सिङ प्रमुख मैया मानन्धरले भनिन्, ‘माग पूरा नभए अब हामी दिनभर काम गर्दैनौं, ठूला शल्यक्रियामा पनि डाक्टरलाई सघाउँदैनौं ।’

    मंगलबार नर्सिङ संघ र स्वास्थ्य मन्त्रालयबीचको वार्तापछि पनि मन्त्रालयले कुनै लिखित जवाफ नदिएपछि उनीहरूले एक साता लामो आन्दोलन अझै चर्काएका हुन् । ३ घण्टा उनीहरू आफू कार्यरत अस्पताल परिसरमा धर्नामा बसे । माग पूरा नभए इमर्जेन्सी, आईसीयू र सीसीयू पनि छाडेर आन्दोलनमा होमिने नर्सहरूले चेतावनी दिएका छन् । ‘अब पनि हाम्रो सुनुवाइ भएन भने ड्युटी छाडेर २४ घण्टा स्वास्थ्य मन्त्रालयमा घेर्छौं, मन्त्रालयले हामीलाई लेखेर ठोस निर्णय दिनुपर्छ,’ नेपाल नर्सिङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले भनिन् । धेरै पटक स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र, ध्यानाकर्षणपत्र बुझाउँदा पनि पनि सुनुवाइ नभएपछि बिरामी छोडेर आन्दोलन गर्न बाध्य भएको नर्सहरूले बताए । ‘आकस्मिक कक्षमा बिरामीका लागि एक सेकेन्ड पनि महत्त्वपूर्ण हुन्छ, नर्सहरूको आन्दोलन थप नलम्बियोस्,’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने ।

    तीन घण्टा धर्ना बसेपछि ड्युटीमा फर्केका आन्दोलनरत नर्सहरूले कालो पट्टी बाँधेर काम गरिरहेका छन् । सरकारी अस्पतालका नर्सहरूले आन्दोलन गरेकै भरमा निजी अस्पतालका नर्सहरूको माग पूरा गर्न कठिनाइ हुने कान्ति बाल अस्पतालका प्रशासन प्रमुख टीकाराम ढकालले बताए । ‘यस्तो आन्दोलन निरर्थक हो, बिरामीले दु:ख मात्रै पाइरहेका छन्,’ उनले भने । मन्त्रालयले सक्दो चाँडो नर्सहरूका जायज माग पूरा गरिदिनुपर्ने ढकालले बताए ।

    महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा नर्सहरूले काम नगरिदिंदा डाक्टरहरूले काम गर्न मानेका छैनन् । अस्पताल उपप्रशासक कृष्णदेव पन्त भन्छन्, ‘नर्सहरूको खासै ठूला माग छैनन्, स्वास्थ्य मन्त्रालयले चाँडो सबै माग सम्बोधन गरिदिए अस्पतालको वातावरण सामान्य हुने थियो ।’ आन्दोलनबाहेक नर्सहरूले आन्तरिक हडतालस्वरूप पाखुरामा कालो पट्टि बाँधेर काम गरिरहेका छन् ।

    नर्सहरूका सबै माग पूरा गर्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही कुरामा सहमति हुन नसक्दा ठोस निर्णयमा पुग्न नसकिएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन् । ‘हामी निरन्तर छलफलमा छौं, जायज मागहरू पूरा गरिदिन्छौं भनेकै छौं,’ उनले भनिन् । नर्सले राखेको मागमा मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्न र भोलेन्टियरका नाममा भएको नर्सको श्रम शोषण बन्द गरियोस् भन्दै नर्सहरूले ११ बुँदे माग अघि सारेका छन् । मागमा श्रम ऐन, २०७४ सम्पूर्ण स्वास्थ्य क्षेत्रमा लागू गर्न अडान राखिएको छ । कान्तिपुर दैनिकबाट ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...