News Portal

  • यो बर्ष डोलेश्वरमा ५ करोड ११ लाख आम्दानी हुँदा ५ करोड २९ लाख खर्च

    इभक्तपुर संवाददाता
    १२८० पटक

    भक्तपुर, ७ माघ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकार लागिपरेको बताएकी छन् ।

    केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौँ वार्षिक साधारणसभा बोल्दै उनले नेपालमा प्रशस्त धार्मिक तथा ऐतिहासिक क्षेत्र रहेकाले देशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । डोलेश्वर क्षेत्रलाई पनि धार्मिक पर्यटनस्थलको रुपमा विकास गर्नसके भक्तपुरको विकासमा थप टेवा पुग्ने उनको भनाइ थियो ।

    कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल तथा मन्दिरका संरक्षक भरत जंगमले नेपाली तथा विदेशी पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुँदै जाँदा भक्तपुरको पहिचान पनि अझ बढ्दै गएको चर्चा गए ।

    समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले आधा रोपनी जग्गा रहेको मन्दिरको हाल २५ रोपनी जग्गा पुगेको बताउँदै पाँच वर्ष अगाडि तर्जुमा गरिएको मन्दिर निर्माणको गुरुयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताए ।

    त्यसअवसरमा समितिका महासचिव मोहन गिरीले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै डोलेश्वरको मूल मन्दिर, अन्य देवीदेवताको मन्दिर, प्रवेशद्वार, चौबन्दी सत्तल, आश्रम घर निर्माणको कार्यले तीव्रता लिएको बताउँदै दाताहरुको आगमन बढ्दै गएको बताए ।

    त्यसअवसरमा कोषाध्यक्ष विश्वराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७३÷०७४ मा कूल रु पाँच करोड ११ लाख ९० हजार ९३७ आम्दानी भएको र पाँच करोड २९ लाख ११ हजार ६६ खर्च भएको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, त्रिनेत्र अध्यात्म चिन्तक केन्द्रकी अध्यक्ष रेखा अर्याल, सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवं समितिका वरिष्ठ उपाध्यक्ष किरण थापालगायतले मन्दिरको गुरुयोजना पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...