News Portal

  • एमालेले टुंगो लगायो रास्ट्रिय सभाका उम्मेदवार : नामावलीसहित

    काठमाडौँ, ९ माघ
    ७२५ पटक
    काठमाडौँ, ९ माघ

    एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले तीनवटा प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता हुँदै छ ।

    एमालेले प्रदेश ५ मा चार, ६ मा पाँच र ७ मा चार उम्मेदवार उठाउँदै छ । त्यस्तै, प्रदेश नम्बर १ मा पाँच, २ मा एक, ३ मा ६ र ४ नम्बरमा चार उम्मेदवार उठाउँदै छ । बाँकी उम्मेदवारको नाम मंगलबार सार्वजनिक गर्ने एमालेको तयारी छ । बैठकले वाम कार्यदलको सिट बाँडफाँड प्रतिवेदन अनुमोदन गरेको छ । कार्यदलको बाँडफाँडअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिँदैछन् ।

    सिलवालको नाममा ‘रेड कर्नर नोटिस’ प्रति आपत्ति
    एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

    ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधि पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ओलीको ‘ब्रिफिङ’पार्टी एकता सकारात्मक दिशामा
    बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको ‘वान टु वान’ भेटवार्ताको ब्रिफिङ गरेका थिए । एकीकृत पार्टीले समाजवादउन्मुख कार्यदिशा अपनाउने समझदारी भइसकेको जानकारी दिँदै उनले सांगठनिक एकताका सन्दर्भमा समेत करिब–करिब समझदारी भइसकेकाले अन्तिम रूप दिन मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।

    ‘छिट्टै पार्टी एकता हुनेगरी प्रचण्डसँगको छलफल धेरै सकारात्मक दिशामा अघि बढेको छ, समाजवादउन्मुख कार्यदिशा अपनाउने समझदारी भइसकेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भने । ओलीले सिंगो पार्टी पंक्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशनसमेत दिएका छन् ।

    एमालेले टिकट दिएका उम्मेदवारहरू नयाँ पत्रिकाबाट

    प्रदेश नम्बर ५
    १. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
    २. खिमलाल भट्टराई (खुला), रूपन्देही
    ३. मीना बुढा (महिला), रोल्पा
    ४. कोमल वली (महिला), दाङ

    प्रदेश नम्बर ६
    १. कविता बोगटी (महिला), हुम्ला
    २. नन्दा शर्मा (महिला), सुर्खेत
    ३. नरपति लोहार (दलित), कालिकोट
    ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
    ५. ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम

    प्रदेश नम्बर ७
    १. कमला ओली (महिला), कैलाली
    २. इन्दु कडेरिया विष्ट (महिला), कञ्चनपुर
    ३. शेरबहादुर कुँवर (खुला), अछाम
    ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...