News Portal

  • नेपालमा सडक दुर्घटना : प्रतिवर्ष २ हजारको मृत्यु, ८ बर्षमा १६ हजार ज्यान गयो

    १० वर्षमा आधा घटाउने लक्ष्य, ७ वर्षमै डेढ गुणा वृद्धि

    काठमाडौँ, ९ माघ
    ६४० पटक
    काठमाडौँ, ९ माघ

    सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको जीवन बस्नेतले नयाँ पत्रिकामा खबर लेखेका छन ।

    ०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने सरकारी लक्ष्य छ । जब कि बितेका आर्थिक वर्ष ०७३-७४ (०१६-१७) मा मात्रै मृत्यु हुनेको संख्या दुई हजार तीन सय ८४ छ ।

    ‘लक्षित प्रगति प्राप्त गर्न बाँकी रहेको तीन वर्षमा असम्भव हुँदै गएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने । सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घट्नुको विपरीत हरेक वर्ष वृद्धि भइरहेको आँकडाले कार्यान्वयन निकाय प्रभावकारी नभएको उनको भनाइ छ ।

    सडक सुरक्षासम्बन्धी १७ बुँदे घोषणापत्र पारित
    राजधानीमा सोमबार सम्पन्न सडक सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनले १७ बुँदे घोषणापत्र पारित गरेको छ । उक्त सम्मेलनले सडक सुरक्षा काउन्सिलको गठन र प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । त्यस्तै, सबै निकायहरुबीच समन्वय गरेर सडक सुरक्षाको क्षेत्रका काम गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

    सम्मेलनमा सहभागीले सडक सुरक्षा सबैभन्दा ध्यान नदिएको विषय बन्दै गएकोे बताए । हरेक वर्ष वृद्धि हुदै गएको सडक दुर्घटना र मानविय क्षति न्यूनीकरणको लागि सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।

    सम्मेलनमा सडक सुरक्षासँग सम्बन्धित पाँच क्षेत्रबारे विज्ञद्धारा प्रस्तुति भए । तिनीहरुमा सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक र आवतजावत, सुरक्षित सवारीसाधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको तयारी रहेका छन । सम्मेलनले नेपालमा अहिले सडक सुरक्षाको लागि भइरहेका क्रियाकलाप, सडक सुरक्षाका चुनौति र अवसर, सडक सुरक्षाबारे अन्तराष्ट्रिय अभ्यास र नेपालले सिक्ने पाठ लगायतका विषयमा महत्वपूर्ण उपलब्धी भएको आयोजक संस्थामध्येको एक नेपाल इञ्जिनियरिङ एसोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले बताए ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले सडक सुरक्षा आर्थिक पाटोलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सम्मेलनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल निर्माण व्यवसायी महासंघ, ट्राफिक प्रहरी, नेपाल उद्योग परिसंघ, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागलगायतका निकायले आयोजना गरेका थिए ।

    विश्वमा दुर्घटनाबाट हरेक ३० सेकेन्डमा एकको मृत्यु
    विश्वभर दुर्घटनामा परी हरेक ३० सेकेन्डमा एकजनाको मृत्यु हुन्छ । एक दिनमा ३ हजार ५ सय र एक वर्षमा १२ लाख ५० हजारको मृत्यु हुन्छ ।

    सडक दुर्घटना विश्वभरमै मृत्युको नवौँ कारण मानिन्छ । १५ देखि २९ वर्षभित्रका युवाको मृत्युको पहिलो कारण सडक दुर्घटना बनेको छ ।

    नेपाल सडक सुरक्षा दशक कार्ययोजना असफल
    दुर्घटनाबाट हुने मृत्युलाई न्यूनीकरणका लागि कार्यान्वयनमा ल्याइएको नेपाल सडक सुरक्षा कार्ययोजना २०१३ असफल भएको छ । संयुक्त राष्ट्रसंघको कार्ययोजनाअनुसार नेपालले पनि सडक दुर्घटनाबाट मृत्यु हुनेहरूको संख्या आधा घटाउने लक्ष्य निर्धारण गरेको थियो ।

    त्यसका लागि ‘विश्व सडक सुरक्षा दशक कार्ययोजना’ बनाई कार्यान्वयनमा ल्याउन सबै देशलाई अनिवार्य गरिएअनुसार नेपालले पनि ‘नेपाल सडक सुरक्षा कार्ययोजना’ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हो । तर, कार्ययोजनाअनुसार काम नहुँदा लक्षित प्रगतिमा बाधा उत्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।

    कार्ययोजनाको कार्यान्वयन प्रभावकारी नभएको देखिन्छ । दुर्घटना न्यूनीकरण गर्न सवारीचालक, सवारीसाधनको अवस्था, सडक संरचना, पैदलयात्रु, ट्राफिक प्रहरीको काम, अनुशासन र अवस्थामा सुधार ल्याउनेलगायतका विषय उल्लेख छन् । तर, कार्यान्वयन भएको छैन । त्यस्तै, सडक सुरक्षा काउन्सिल ऐन अझै बनेको छैन ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...