News Portal

  • शिक्षकलाई मोबाइल निषेध

    कालिकोट, ९ माघ
    १३६० पटक
    कालिकोट, ९ माघ

    जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको खबर आजको कारोबारमा छ ।

    शिक्षाको गुणस्तर वृद्धि गर्न नयाँ शैक्षिक नीति बनाइएको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

    गाउँपालिकाभित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, छात्र–छात्रा शौचालयको व्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र अनिवार्यरूपमा शुक्रबारीय कार्यक्रम गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

    कम्प्युटर र अंग्रेजी भाषा अनिवार्य, विद्यालयमा प्राधानाध्यापबाहेक अन्य शिक्षक शिक्षिकालाई विद्यालय अवधिमा मोबाइल फोन निषेध गर्ने नीति पनि सार्वजनिक गरेको छ ।

    विद्यालयमा ट्युसन बन्द गरी कोचिङ सञ्चालन गर्ने त्यसका लािग गाउँपालिकाले विद्यालयलाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले बताए।

    ‘विद्यार्थीको मासिक हाजिरीका आधारमा विद्यालयले विद्यार्थीको घरमा पत्रचार गर्नुपर्नेछ।’ उनले भने, ‘गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...