News Portal

  • राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएपछि एमालेमा फेरि कोमलकाे चर्चा

    इभक्तपुर संवाददाता
    ७९४ पटक

    काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे ।

    एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला लागेकाे थियाे । उम्मेदवारी नपाएपछि उनी राप्रपामै फर्कन लागेकाे चर्चा पनि त्यतिबेला अायाे । ती सबै हल्लाका बाबजुत काेमल एमालेमै रहिन । अहिले अाएर उनलार्इ एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    एमालेका केही बरिष्ठ नेताहरुलार्इ पछाडि हटाएर काेमललार्इ राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाइएकाे हाे । एमाले स्थायी समितिको सोमबारको बैठकले ओलीलाई प्रदेश नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । चर्चित गायिका तथा समाचारवाचिका ओली केही महिनामात्रै एमालेमा प्रवेश गरेका थिइन् । उनी दाङ जिल्लाकी हुन् ।

    प्रदेश नम्बर ५ बाटै चर्चित युवा नेता खिमलाल भट्टराईलाई एमालेले राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी प्रदेश नम्बर ६ बाट एमालेका नेता गोरखबहादुर बोगटीकी धर्मपत्नी कविता बोगटीले महिलातर्फबाट राष्ट्रियसभा उम्मेदवार बन्ने मौका पाएकी छिन् ।

    एमालेकै उपाध्यक्ष एवं प्रदेश नम्बर ६ का इन्चार्ज युवराज ज्ञवाली राष्ट्रियसभा उम्मेदवार बन्न पाएनन् । विद्यार्थी आन्दोलनबाट उदाएका अर्का चर्चित नेता ठाकुर गैरेले पनि टिकट पाएनन् । एमालेकै नेता बेदुराम भुसाल र भानुभक्त जैसीले पनि यसपटक संसद टेक्न नपाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...