News Portal

  • ५६ सिट मध्ये १७ निर्विरोध, कुन दलका कति ? राष्ट्रिय सभाको रोचक निर्वाचन

    इभक्तपुर संवाददाता
    १२६२ पटक

    काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित भएका हुन् ।

    निर्वाचन अायाेगले माघ २८ गते राष्ट्रिय सभाकाे निर्वाचन हुने मिति तय गरेकाे छ । साेही वमाेजिम बुधवार ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये १७ जना निर्विराेध निर्वाचित भएका छन् भने अब बाँकी ३९ पदका लागि निर्वाचन हुनेछ ।

    १७ सिटमा त्यति नै संख्यामा मात्र उम्मेदवारी परेका कारण उनीहरु निर्विराेध भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।

    निर्विराेध निर्वाचित हुनेमा नेकपा एमालेबाट ६ जना, नेपाली कांग्रेसका ५ जना, माअाेवादी केन्द्रबाट ३ जना, सङ्घीय समाजवादी फाेरमबाट २ जना र राजपाबाट १ जना रहेका छन् । जसअनुसार प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्। निर्विराेध भए पनि उनीहरुकाे अाैपचारिक घाेषणा भने भएकाे छैन । निर्वाचन अायाेगले उनीहरुलार्इ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जनाएकाे छ ।

    राष्ट्रियसभामा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित, एक जना अल्पसंख्यक र अन्य तीन गरी आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।एकल संक्रमणीय प्रणालीअनुसार स्थानीय तहको १८ र प्रदेशको ४८ मतभार कायम गरिएको छ। स्थानीय र प्रदेशको मतभारअनुसार वाम गठबन्धनले ४०, कांग्रेसले १२ र मधेसी दलले चार सिट जित्ने देखिएको छ।

    बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सात वटै प्रदेशमा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनोनयन दर्ता भएकाे हाे । प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

    राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निर्वाचन चिह्न प्राप्त गरे पनि ९ दलले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी पार्टी रहेका छन्ले ।

    ५६ सिट मध्ये नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर ४३ सिटमा मात्र साझा उम्मेदवारी दर्ता गराएका छन् । याे चुनावमा मधेसी दल र कांग्रेसले पनि अापसी तालमेल गरेर उम्मेदवारी उठाएका छन् । राप्रपा र नेमकिपा कसैकाे गठबन्धनमा छैनन्।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...