News Portal

  • नेपाली अर्थतन्त्रमा ठूलो खतरा, बैङ्कहरुमा कर्जा र निक्षेप अनुपात अन्तिम बिन्दुमा

    इभक्तपुर संवाददाता
    ११२७ पटक

    काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ।

    बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो। ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा माथि पुग्न लागेको छ’, उनले भने ‘ राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गर्दा कतिपय बैंकलाई कारबाही गर्नु पर्ने अवस्था आएको छ।’

    राष्ट्र बैंकले कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। यस वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स वृद्धि दर नकरात्मक छ। शोधनान्तर बचत घाटामा हुनका साथै व्यापार घाटा चुलिएको छ।

    शिवाकोटीले भने ‘अर्थतन्त्रका परिसूचक खासै राम्रो अवस्थामा नभएकाले देश गम्भीर आर्थिक मोडमा हिँडिरहेको छ।’ अहिले अर्थतन्त्र मध्यमार्गी बाटोबाट हिँडिरहेको छ। अर्थतन्त्र सुदृढ भइसकेको अवस्था छैन। पहिलो ६ महिनामा चार खर्ब ३१ अर्बका वस्तु तथा सेवा आयात भएका छन् भने ३४ अर्बको मात्र निर्यात भएको छ। उनले भने, ‘निर्यात प्रवद्र्धन र आयात निरुत्साहित नगरेसम्म हामी सहज अवस्थामा जान सक्दैनौं।’ यसका लागि बैंकले कृषि, पर्यटन, पूर्वाधार निर्माण र जलस्रोतमा लगानी गर्नुपर्छ।’

    पुससमान्तसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्बभन्दा बढी निक्षेप संकलन गरेर १९ खर्ब ५० अब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। ‘हाल बैंकहरूको सीसीडी रेसियो ७८.७९ प्रतिशतसम्म छ’, उनले भने, ‘हामी कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनौं।’ बैंकहरूले पहिला प्रतिबद्धता जनाएका कर्जा समेत दिन नसकेको बताउँदै आएका छन्।

    गत पुससम्म बैंकहरूले २२ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १९ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका थिए। तर, माघ १० गतेसम्म निक्षेप घटेर २२ खर्ब ९ अर्बमा खुम्चिएको छ भने कर्जा प्रवाह तीन अर्बले बढेर १९ खर्ब २५ अर्ब पुगेको छ।

    राष्ट्रिय वाणिज्य बैंक ५३ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले दु्रत आर्थिक विकास अवको लक्ष्य भएको बताए। ‘बैंक सरकारी स्वामित्वको भएकाले सरकारले लागू गरेका कार्यक्रमलाई सफल बनाउनु यसको दायित्व भएको उनले बताए। ‘वाणिज्य बैंकलाई नयाँ पुस्ताको आकर्षकको केन्द्र बनाउन यसको कार्यप्रणालीमा सुधार गर्नुपर्छ’,उनले भने, ‘अग्रगामी बैंकको भूमिका स्थापित गर्नुपर्छ।’

    कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुसमसान्तसम्म बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरी एक अर्ब १० अर्ब लगानी गरेको बताए। बैंकले यस वर्षको पहिलो ६ महिनामा एक अर्ब ७५ करोड खुद नाफा गरेको पनि उनले बताए। यस वर्ष बैंकले गरेको नाफा गत आवको सोही अवधिभन्दा ४५ करोड बढी हो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...