News Portal

  • धुर्मुस भगवान्, गाउँ स्वर्ग

    पत्रपत्रिकारौतहट, १३ माघ
    ८६८ पटक
    रौतहट, १३ माघ

    रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान् भन्न थालेका छन्।

    ५० वर्षपहिले पति गुमाएकी १०७ वर्षीया रमकलियादेवी हजरा दुसाधिनले धुर्मुस भगवान् र धुर्मुसले बनाएको आफ्नो बस्ती स्वर्गजस्तै लागेको बताइन् । जीवनमा अनेक हन्डर सहेकी रमकलियाले कुनै दिन परिवर्तन आउला र नयाँ, सफा तथा राम्रो घरमा बस्न पााइला भनेर सोचेकै थिइनन् । सय दिनमै उनले भन्ने गरेको भगवान् धुर्मुसले बस्ती स्वर्ग बनाएपछि उनमा खुसीको सीमा छैन ।
    धुर्मुसलाई देखाउँदै उनले भनिन्, ‘हमर सरकार इहे हए, हमर भगवान् इहे हए ।’ सात पुर्खाले कल्पना गर्न नसकेको बस्ती बनाएर दुसाध, मुसहर, हजामलगायतका विपन्नहरुको घर बनाइदिने भगवान्लाई जुनीभरि सबैले पूजा गर्ने उनी बताउँछिन् ।

    आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुसले ४७ वटा घर, एउटा प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावरलगायतका ५० भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा शिलान्यास गरेका थिए । अहिलेसम्म बस्ती निर्माणको ९८ प्रतिशत काम पूरा भएको छ । एउटा भ्युटावरको निर्माण कार्य भइरहेको छ ।एकीकृत नमुना सन्तपुर मुहसर बस्तीमा दिनहुँ सयौं व्यक्ति हेर्न आउँछन् । देशका ठूलाठूला नेता तथा कलाकार बस्तीमा आइरहेकोमा स्थानीय दलित स्वर्ग हेर्न आएको मान्न थालेका छन् ।

    ७५ वर्षीया एकल महिला अनतियादेवी माझी ३५ वर्षअघि आफ्ना पतिको मृत्यु हुनुअघि छोराहरुले राम्रो घर बनाएर राख्लान् भनेका सम्झन्छिन् । तर नातिको पालासम्म आइपुग्दासम्म पनि उनको बास छाप्रोमै थियो । कुनै आर्थिक हैसियत नभएका पतिको इच्छालाई धुर्मुसले पूरा गरिदिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो भाग्यमा आएर धुर्मुस भगवान्ले चमत्कार गरिदियो ।’पाँच करोड ९५ लाखको लागतमा एकै ठाउँमा र उस्तै ढाँचामा बनेका यी घर भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारी मामपदण्डअनुसारका छन् । दुईतले घरका तल दुई कोठा र माथि दुई कोठा छन् भने शौचालय घरभित्रै छ ।

    उक्त नमुना बस्तीमा विद्यालय, मन्दिर, सामुदायिक भवन निर्माण भइसकेको र भ्युटावर निर्माण कार्य तीव्र गतिमा भइरहेको धुर्मुसले बताएका छन् । २६१ श्रमिकले दिनरात परिश्रम गरेर बस्ती तयार भएको हो । बस्तीका लागि अपेक्षा गरेजस्तो रकम आए पनि अझै एक करोड रुपैयाँ नपुगेको धुर्मुसले बताए । ‘९८ प्रतिशत काम सकिँदा एक करोड रुपैयाँ पुगेको छैन,’ धुर्मुसले भने, ‘परियोजना सम्पन्न हुने तिथि नजिकिँदै जाँदा रकम अभावको चिन्ता बढ्न थालेको छ । तर देशविदेशमा रहेका मनकारी सहयोगीबाट सहयोग पाउने आस छ ।’

    सन्तपुर एकीकृत नमुना बस्ती व्यवस्थापन समितिका संयोजक सत्यनारायण माझीले जीवनमा कहिल्यै नसोचेको घर पाउँदा निकै खुसी लागेको बताए । सबै घरमा रातो रङ लगाइएकाले टाढैबाट उक्त बस्ती आकर्षक देखिन्छ । यी घरहरु माघ २४ अघि नै समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । धुर्मुसले भने, ‘मानिसमा पहिला सोचको विकास हुनुपर्छ । मानव भएर मानवका लागि केही सकारात्मक कार्य गर्दा नेपालबाट गरिबी दुर हुनेछ ।’

    गगनले गरे निरीक्षण
    पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार नमुना बस्तीको निरीक्षण गरेका छन् । उनले बस्ती निर्माणको कामलाई अभूतपूर्व भनेका छन् । नेता थापाले यसअघि यस्ता नमुना बस्ती फोटो र भिडियोमा मात्र हेर्ने गरेको तर निर्माणस्थलमै आएर हेर्दा निकै फरक महसुस भएको उनले बताए । चौथो परियोजनाका रुपमा रहेको सन्तपुरको बस्ती निर्माणमा सबैले सहयोग गर्नुपर्ने विचार नेता थापाको रहेको छ । (नागरिक दैनिकबाट)

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...