News Portal

  • भक्तपुरको लिटिल वर्ल्डमा ‘प्रतिभाको आँगन’ , वीतिकाले मारिन् बाजी

    इभक्तपुर संवाददाताभक्तपुर, १३ माघ
    १२७४ पटक
    भक्तपुर, १३ माघ

    लामो समयदेखि निरन्तरता पाइरहेको टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’ ले दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्लीस स्कूलमा प्रतियोगितात्मक नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न चरणमा प्रतिस्पर्धा गराइएको कार्यक्रमको शुक्रवार अन्तिम प्रतिस्पर्धा सकिएको हो ।

    कक्षा १ देखि कक्षा ९ सम्म अध्ययरत विद्यार्थीहरुको सहभागीता रहेको प्रतिभाको आँगन कार्यक्रममा पहिलो अडिसनमा ४० जना प्रतियोगीहरुबाट सेमीफाइनल राउण्डमा २७ जना प्रतियोगी छनौट भएका थिए भने फ़ाइनलमा १३ जनाले मात्र प्रवेश पाएका थिए ।

    फाइनल राउण्डका लागि छनौट भएका १३ प्रतियोगीहरु मध्ये उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी वितिका श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छिन । इभक्तपुरसंग कुरा गर्दै वीतिकाले विद्यालयले आफ्नै आँगनमा प्रतिष्ठित कार्यक्रम ‘प्रतिभाको आँगन’ लाई बोलाएर प्रतिभा प्रस्तुत गर्न दिएकोमा खुशी लागेको बताइन् ।

    त्यसै गरी कक्षा ५ मा अध्ययनरत विद्यार्थी रीतिसा के. सी. र ६ मा अध्ययनरत सोनु खत्रीले क्रमश द्वीतिय र तृतीय स्थान हासिल गरे । प्रतियोगिताको फाइनल सम्म ४ जना छात्र पुग्न सफल भए पनि उपाधी हात पार्न भने सकेनन । उनीहरुले सान्त्वनामा चित्त बुझाए ।

    फाइनल कार्यक्रमसम्म पुगेका कक्षा १ का छात्राद्वय सफलता घिमिरे र श्रीद्धि कार्की पनि सान्त्वना मै सीमित बने । उनीहरुले सानै उमेरमा देखाएको प्रतिभाले सबैको ध्यान आकृष्ट गर्न सफल भएका थिए ।

    एनटीभी प्लसमा हरेक सोमवार राती ९ः३० बजे प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘प्रतिभाको आँगन’ को टोली विद्यालयमा नै आएर बालबालिकाको प्रतिभा उजागर गर्नु निकै महत्वपूर्ण कार्य भएको र हरेक विद्यालयहरुमा यस किसिमको ट्यालेन्ट शो गर्न सके विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने लिटिल वर्ल्ड इङ्लीस स्कूलका प्रिन्सिपल रुपेन्द्र पोखरेलले बताए ।

    कार्यक्रम ‘प्रतिभाको आँगन’ मा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ र नृत्य निर्देशक संघ भक्तपुर शाखाका अध्यक्ष द्वारिका अधिकारीले निर्यायकको भूमिका निभाएका थिए । कार्यक्रमको व्यवस्थापन सुरेन्द्र श्रेष्ठको रहेको थियो भने ऋषिकेश श्रेष्ठले निर्देशन र संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...