News Portal

  • रोल्पामा व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला

    रोल्पा, १३ माघ
    १०६० पटक
    रोल्पा, १३ माघ

    यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।

    व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको सङ्ख्या अधिक देखिएको बताइएको छ ।

    सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवद्र्धनमा महिलाहरु विश्वसनीय देखिएको श्रेष्ठले बताए । कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकाले जिल्लाको कृषि क्षेत्र सुधारोन्मुख दिशातर्फ जाँदै गरेको श्रेष्ठको भनाइ छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय गरेका महिलाले व्यवसायबाट मुनाफा गरी समयमै सावाँ तथा व्याजसमेत चुक्ता गर्दै आएको बैंक तथा वित्तीय संस्थाले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...