News Portal

  • प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता हुँदैन : पूर्व मन्त्री शाही

    इभक्तपुर संवाददाताकाठमाडौँ, १३ माघ
    ६४७ पटक
    काठमाडौँ, १३ माघ

    नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवम् प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादीवीच एकतालाई फलामको चिउरा चपाएसरह भएको बताएका छन् ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीवीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘अहिले मुलुकमा स्थायित्व नचाहानेहरुको बाहुल्यता छ, एकता नचाहाने शक्तिहरु अहिले सक्रिय छन्, यो देशमा पार्टी जुटाउन भन्दापनि फुटाउन सहयोग गर्नेहरुको ठूलो भीड छ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शाहीले पार्टी एकताको लागि दुवै पार्टीका नेताहरु फलामको चिउरा चपाउन तयार हुनुपर्नेमा जोड दिए । उनले थपे,‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो, यसको लागि हामी तयार हुनुपर्छ, अब कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, तर हामी निराश भएका छैनौं।’ दुई पार्टीवीचको एकताले दाँत भाँचिन सक्ने खतरा रहेको उनको भनाई थियो ।

    आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्धघोष छ । उनले भने,‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ।’ उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकतापछिको पार्टीको अध्यक्ष दुवैपद आफूले लिन चाहेको हो कि भन्ने संकेत गर्दै भने,‘काम नगर्नेहरुलाई किन चाहियो दश वटा पद ? कार्यविभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं।’

    नेता शाहीले कसैलाई प्रधानमन्त्री बनाउनकै लागि एकता नहुने र आफूहरु कार्यकर्ता नबन्ने दाबी गरे । उनले भने,‘कसैलाई प्रधानमन्त्री बनाउनको लागि हामी सिपाही बन्दैनौं, फेरि कुनै एक व्यक्तिलाई राजा बनाउनको लागि हामी सिपाही बन्न सक्दैनौं।’ यद्धपी आफूहरु जनचाहना अनुसार सेवा गर्न सिपाही बन्न भने तयारी अवस्थामा रहेको विश्वास दिलाए ।

    शाहीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा आम नागरिकले आफ्नो धारणा सार्वजनिक भैरहेको उल्लेख गर्दै भने,‘हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ?’ उनले नेताहरुलाई पदमात्रै चाहिने गलत परम्परा रहेको गुनासो पोखे ।

    उनले वृद्धभत्ता दिनु त राम्रो कुरा भएको व्यंग्य गर्दै भने,‘सके त किन वृद्धभत्ता, भत्ता नै दिए राम्रो हुनेथियो, तर राज्यको क्षमता पनि हेर्नुपर्यो नि ?’ मुलकमा उत्पादन क्षमता वृद्धि गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

    प्रतिकृया दिनुहोस्

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा...

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ...

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ...

    प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...