News Portal

  • गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

    पत्रपत्रिकाभक्तपुर, १६ माघ
    ६६८ पटक
    भक्तपुर, १६ माघ

    आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् ।

    मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ ।

    मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन् । तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन् । ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन् । मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन् ।

    नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन् । ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन । म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न । मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ ।’

    मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन् । आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ ।

    हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ ।

    मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे । माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ । (नयाँ पत्रिका दैनिक)

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...