संजय लीला भंसालीद्वारा निर्देशित र रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर आदी अभिनित चलचित्र पद्मावत प्रदर्शन भैरहेछ । चलचित्रप्रेमीहरुले यसलाइ भारतमा निकै रुचाएका त्यहाँका मिडियाले बताएका छन् । बक्स अफिसमा यसले ५ दिनमै १ सय ४६ करोड कमाइसकेको बताइएको छ ।
तर निर्मातालाई खराब खबर यो छ कि फिल्म लिक भएर अनलाइनमा पुगिसकेको छ । ‘पद्मावत’ भारतमा धेरै वेबसाइट्समा डाउनलोड भैराखेको समाचार छ ।
aeonsource, bigdaddymovies, moviespur, rdxhd लगायत धेरै वेबसाइटमा पद्मावत पुगेको कुराले निर्माता परेशान बन्ने अवस्था आएको छ । यी साइट्स बाट मूवी फ्री डाउनलोड गर्नुको साथै अनलाइन हेर्न पनि सकिन्छ । भारतमा यदि कसैले अनलाइनमा गैरकानुनी तरीकाले फिल्म हेरेमा ३ बर्ष सम्म कैद सजाय हुनसक्ने व्यवस्था भएपनि पायरेसी रोकिन भने सकेको छैन ।