News Portal

  • संघ, प्रदेश र स्थानीय तह समेटेर यस्तो बन्यो नयाँ मर्यादाक्रम(चित्रसहित)

    काठमाडौँ, १७ माघ
    १०९९ पटक
    काठमाडौँ, १७ माघ

    सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ। पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    मर्यादाक्रमममा राष्ष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ। नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख–उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो। मर्यादाक्रममा ३४ नम्बरसम्म छ।

    सरकारले लागू गरेको नयाँ मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ नम्बरमा नेपाली सेनाका सहायक सेनानी छन्। दोस्रो नम्बरमा उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ।

    यस्तै छैटौं नम्बरमा पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीलाई राखिएको छ। प्रदेशमा राष्ट्रपति सरहको भूमिकामा रहने प्रदेश प्रमुखलाई मर्यादाक्रमको सातौं स्थानमा राखिएको छ। आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ। प्रदेशको मुख्यमन्त्री र पूर्वप्रधानन्यायाधीश, संसद्का पूर्वसभामुख पूर्वअध्यक्ष मर्यादाक्रमको नवौं स्थानमा परेका छन्।

    शुक्रबारको मन्त्रिपरिषद बैठकमा केही मन्त्रीले प्रदेश प्रमुख र पूर्वउपराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीलाई एकै मर्यादाक्रममा राख्नुपर्ने सुझाव दिए पछि सातौं र आठौं मर्यादाक्रमलाई भने मर्ज हुन सक्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...