News Portal

  • साउदीको रोजगारी धरापमा

    भक्तपुर, १८ माघ
    १००० पटक
    भक्तपुर, १८ माघ

    नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ। साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

    सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन्। साउदी सरकारले पछिल्ला दुई वर्षदेखि विकास निर्माणभन्दा बढी सिमा सुरक्षामा रकम विनियोजन गरिरहेको छ। यसका कारण साउदी अरबमा लामो समयदेखि सञ्चाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन्।

    नेपालबाट सबैभन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन्। साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रमा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनु पर्ने भन्दै लागू गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्।

    ‘मंगलबार मात्रै साउदी सरकारले १२ क्षेत्र विदेशी कामदारका लागि प्रतिबन्ध लगाएको छ’, खनालले भने, ‘साउदी सरकारको यो निर्णयले तत्कालनै असर नगरे पनि अर्को वर्ष यसको प्रत्यक्ष असर नेपाली कामदारलाई गर्छ।’ साउदीको मोबाइल फोन बेच्ने तथा मर्मत गर्ने पसलमा नेपाली कामदारको बर्चस्व थियो। तर, अहिले यस्तो काममा साउदीका युवा प्रयोगमा ल्याउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा पर्ने उनको भनाइ छ।

    यसैगरी महिलाले प्रयोग गर्ने भित्रि कपडा बेच्ने ठाउँमा महिला हुनैपर्ने साउदी सरकारको नयाँ व्यवस्थाले पनि कामदारको माग घट्ने निश्चित छ। साथै, सबै कम्पनीको एडमिन म्यानेजर, एचआर, एकाउन्टेन्ट र सिसेप्सनिस्ट पनि साउदीकै हुनेपर्ने अर्को नयाँ नियमले पनि नेपाली कादारले पाउँदै आएको इन डोर रोजगारी गुमिरहेको छ। यसैगरी तरकारी तथा माछा मासु बजारमा रकम लिने कामदार र मालिक साउदीकै हुनुपर्ने व्यवस्थाले पनि नेपालीको रोजगारीमा झन् संकट उत्पन्न हुने उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...