News Portal

  • कुलमान घिसिङले दिए ‘ब्ल्याक आउट’ गर्ने चेतावनी

    रमेश लम्साल काठमाडौँ, १८ माघ
    ७०१ पटक
    काठमाडौँ, १८ माघ

    राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य खुलेको छ । चोरी नियन्त्रण गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘ब्ल्याक आउट’ गर्ने चेतावनी दिएका छन ।

    नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको छ ।

    ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउ, लुभू जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभूबजार र लाकुरीभञ्ज्याङमा अत्यधिक विद्युत् चोरी हुने गरेको छ ।

    यसैगरि, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले पनि संगठितरुपमा विद्युत् चोरी गरेको पत्ता लागेको प्राधिकरणको दाबी छ । ती क्षेत्रमा ५० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । प्राधिकरणले चोरीका कारण ती स्थानबाट मात्रै वार्षिक रु ५० करोड बराबरको राजश्व गुमाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युत्को प्रयोग गरिरहेकाले ठूलो दुर्घटना हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग छलफल गरेको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    विद्युत् चोरी नियन्त्रणका लागि उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिइएको प्रवक्ता अधिकारीको भनाइ छ । “राजधानीकै उपभोक्ता संगठितरुपमा विद्युत् चोरीमा संलग्न हुनु मुलुककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौँ,” घिसिङले भने, “त्यसपछि जस्तोजुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौँ, राजधानीलाई विद्युत् चोरी मुक्त बनाउन सबैको सहयोग जरुरी छ ।” उनले जिकिर गरे ।

    संगठित चोरी उस्तै

    ललितपुरको शहरी क्षेत्र पर्ने पाटन फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठितरुपमा विद्युत् चोरी भइरहेको छ ।

    विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर हेर्न नदिनेलगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले जानकारी दिए ।

    उनले भने “चोरी नियन्त्रण गर्न जाँदा संगठितरुपमै कर्मचारीमाथि आक्रमण हुने गरेको छ ।” उहाँले ललितपुरलाई विद्युत् चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...