News Portal

  • एमाले-माके एकता अन्याैलमा,संयोजन समितिकै नेता सोध्छन् –एकता कहाँ पुग्यो ?

    इभक्तपुर संवाददाता
    ८६५ पटक

    एमाले माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् ।

    एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको समिति बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलपछि एकता प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न गरेका थिए । ‘एकता प्रक्रिया कहाँ पुगेको हो, अब कसरी अगाडि बढ्ने हो ? ’ श्रेष्ठले बैठकमा प्रश्न राखेका थिए ।

    श्रेष्ठको त्यस्तो प्रश्नमा ओली दाहालले एकता कसरी छिटो टुंग्याउने भन्ने स्पिरिटमा छलफल भइरहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओली उपचारका लागि बैंकक जानुअगाडि देखि नै दुई अध्यक्षबीच पटकपटक एक्लाएक्लै वार्ता भएका थिए । माघ १२ र १४ गते पनि दुई अध्यक्षबीच लामो संवाद भएको थियो ।

    त्यस्तो भेटवार्तामा दुई अध्यक्षबीच वैचारिक राजनीतिक पक्ष र एकीकृत पार्टीको नेतृत्वका विषयमा मोटामोटी सहमति जुटाउने, त्यसलाई दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने र सरकार गठनअगाडि नै एकता गर्ने समझदारी पार्टी एकता संयोजन समितिमा भएको थियो । तर दुई अध्यक्षबीचको छलफल निष्र्कषमा पुग्नै ढिलासुस्ती भइरहेको छ । अझै पनि दुई अध्यक्षबीच एक(दुई चरण छलफल हुने र एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा कुरा भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् ।

    माओवादी केन्द्रका नेता श्रेष्ठले पनि संयोजन समितिका सदस्यबीच अनौपचारिक छलफल गर्ने र अध्यक्षहरूको छलफललाई पनि अगाडि बढाइने बताए । ‘सकारात्मक ढंगले दुई नेताबीच छलफल चलिरहेको छ । अझै एक(दुईपटक दुई अध्यक्षबीच छलफल गर्ने, एकता संयोजन समितिकै सदस्यबीचमा पनि अनौपचारिक छलफल गर्ने, त्यसपछि समिति बैठक बसी कार्यदल बनाएर अघि बढ्ने गरी प्रक्रिया अगाडि जान्छ,’ उनले भने ।

    बैठकले प्रदेश सरकार गठनका लागि आपसी समझदारीसाथ सिट बाँडफाँट टुंगो लगाउन बनाएको कार्यदलको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको छ । एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले मुख्यमन्त्री, सभामुखलगायत विषय माघ १४ मा टुंगो लगाएको थियो ।

    कार्यदलले बनाएको प्रतिवेदन संयोजन समिति बैठकले अनुमोदन गरेको एमाले नेता पाण्डेले बताए । दुई पार्टीबीच प्रदेश १, ३, ४ र ५ मा एमाले र प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्री लिने, प्रदेश १, ३, ६ र ७ मा एमालेले र प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिने तथा प्रदेश ४ र ५ मा एमालेले र प्रदेश १, ३, ६ र ७ मा माओवादीले उपसभामुख लिने गरी सिट भागबन्डा भएको थियो ।

    त्यस्तै कार्यदलले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने र सरकारमा एमालेले ७० र माओवादीले ३० प्रतिशत हिस्सा लिएर सरकार गठन गर्ने समझदारी जुटाएको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...