News Portal

  • काम नगर्ने कर्मचारीलाई बाम सरकारले तह लगाउने प्रचण्ड उद्घोष

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    १२७९ पटक
    भक्तपुर, १९ माघ

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताएका छन ।

    आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उलले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै झमेला गर्ने गरेको उल्लेख गर्दै कर्मचारीलाई कमा लगाउन सरकार कठोर बन्नु परे पछि पर्नु नहुने जिकिर गरे ।

    “केही कर्मचारीले अझै पनि राजा महाराजाबाट भएको निर्देशनात्मक अभियान अनुरुप काम गर्ने गरेको पाएको छु”, उनले भन्नुभयो, “त्यसैले भएको ऐन नियम र कानूनलाई परिमार्जन गरी संस्कारलाई नै परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

    उनले अब ऐन नियम र निर्देशिकामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढेमा मात्र उद्योगको विकास हुने बताए ।

    अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतामा कुनै शंका नगर्न आग्रह गरे । उनले लोकतान्त्रिक पद्धतिलाई सुहाउने तर कठोर ऐन बनाएर वामपन्थी सरकारले छाडातन्त्रको अन्त्य गर्ने ठोकुवासमेत गरे ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफू पनि कृषि अध्ययन गरेको विद्यार्थी भएकाले कृषिको क्रान्तिविना नेपालको मुहार फेर्न नसकिने भएकाले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम वामपन्थी सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...