News Portal

  • देशले संघीयता धान्न सक्दैन : पूर्व अर्थमन्त्री डा. महत

    इभक्तपुर संवाददातामोरङ, २१ माघ
    १०१० पटक
    मोरङ, २१ माघ

    पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्ने बताएका छन । प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले संघीयताले प्रशाशनिक खर्च बढाएको जिकिर गर्दै संघीयता धान्न गाह्रो पर्ने तर्क गरेका हुन् ।
    ”आम्दानीको श्रोत छैन, खर्च बढेको छ । संघीयता धान्न गाह्रो पर्न सक्छ ।” उनले भने ।

    पूर्व अर्थमन्त्री डा. महतले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सुझाव समेत दिएका छन । ”आफ्नै हातमा डाडुपन्यु भएपछी अब जथाभावी गर्ने होइन, दीर्घकालीन सोच सहित योजना र कार्यक्रम ल्याउनुपर्छ । ” उनले भने ।

    भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारले प्रश्न सोधेपछि उनले यस्ता भ्रमण भइरहने भन्दै यस विषयमा अनावश्यक टीकाटिप्पणी गर्नु नहुने भन्दै पन्छिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...