News Portal

  • भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    इभक्तपुर संवाददाताभक्तपुर, २२ माघ
    १२६४ पटक
    भक्तपुर, २२ माघ

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो ।

    निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष बिष्णुभाइ श्रेष्ठ प्रमुख अतिथि थिए भने भक्तपुरका जिसस संयोजक,प्रजिअ,प्रहरी उपरीक्षकसहित विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरुलाई अतिथि बनाइएको उक्त कार्यक्रममा जिल्लाका राजनीतिक दलका रुपमा भने नेकपा एमाले र माओबादी केन्द्रका प्रतिनिधि मात्र उपस्थित रहेका थिए ।

    कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक डीपी ढकालले देशमा १२ खर्बको बजेट बन्दा २ खर्ब भौतिक योजना मन्त्रालयमा भौतिक निर्माणको लागि छुट्टिने बताए । इमान्दारीतासाथ् काम हुने हो भने देश बन्न बेर नलाग्ने जिकिर गर्दै उनले देश बनाउनमा निर्माण व्यवसायीको ठुलो हात हुने बताए । ”निर्माण व्यवसाय हेर्दा व्यक्तिगत जस्तो देखिन्छ तर यसले देशको पुजीगत खर्च गर्ने माध्यमको रुपमा काम गरेको छ ।” नेता ढकालले भने ।
    संयोजक ढकालले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको जिकिर गर्दै निर्माण व्यवसायलाई खर्च गर्ने सामर्थ्य वृद्धि गर्न सुझाव समेत दिए ।

    त्यसैगरी नेकपा एमालेका जिल्ला उपाध्यक्ष बचन देउजाले निर्माण व्यवसायलाइ व्यवस्थित बनाउन आवश्यक रहेको औल्याउदै संघमा साना ठूला सबैखाले व्यवसायी अटाउन सक्ने बातावरण बनाउनुपर्ने बताएका थिए । उनले बाम सरकार बनेपछि बिकाश निर्माणले गति लिने भएकोले निर्माण व्यवसायी निरास हुन नपर्ने दावी गरे ।

    कार्यक्रममा व्यवसायीहरुले निर्माण व्यवसाय कमिसनको दलदलमा डुबेको र व्यवसायीलाई हेर्ने समाजको नजरिया राम्रो हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए भने गोली हानी मारिएका केन्द्रिय अध्यक्ष शरद गौचनलाइ सम्झदै सधैभरि ‘सेक्युरिटी थ्रेट’ लिएर काम गर्न गाह्रो हुने गुनासो समेत गरेका थिए । कार्यक्रममा बोल्दै जिल्लाका सुरक्षा प्रमुख पनि रहेका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी प्रमुख किरण रानाले सुरक्षा दिन आफुहरु अहोरात्र कटिबद्ध रहेको आश्वासन दिए ।

    उक्त अबसरमा लालिगुराँस निर्माण प्रालिका देवी कुमारि नेउपाने,कोहिनुरका राजु बखाधो,आरके निर्माण सेबाका रामकृष्ण त्वयनालाइ २० बर्षदेखि निरन्तर सकृय भएबापत कदर पत्र प्रदान गरिएको थियो भने त्रिवेणी निर्माण सेवाका संचालक हरिकृष्ण ब्यान्जुकाे छोरी पूजा ब्यान्जूलाइ इन्जिनियरीङ उतीर्ण गरेबापत प्रशंशा पत्र दिइएको थियो । त्यसैगरी उक्त अवसरमा दिबंगत सदस्यका परिवारलाइ नगद सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...