News Portal

  • दरबारमार्ग बलात्कार प्रकरण : यसरी बन्यो योजना

    पत्रपत्रिकाकाठमाडौँ, २३ माघ
    १००२ पटक
    काठमाडौँ, २३ माघ

    दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए ।

    ‘घटना सुनियोजित ढंगले भएको देखिन्छ । युवतीको बयान र भेटिएका तथ्य विश्लेषण गर्दा मुख्य योजनाकार उनकै ब्वाइफ्रेन्ड भएजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनलाई दिपक श्रेष्ठले साथ दिएको देखिन्छ । घटनाका अरोपी सबै फरार रहेकाले अनुसन्धानपछि मात्र खुल्नेछ ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।

    बलात्कारका आरोपी युवा ‘एक्सपो’ मा जान काठमाडौं
    भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै छ । त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए । हेटौँडाबाट दिपक र विकास काठमाडौं आएका थिए । उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए । तीनजनालाई होटलमै बस्न भनेर शैलेश र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए । त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ छ ।

    ‘चेन्नाईमा अटो एक्सपो हुँदै रहेछ । त्यसैमा भाग लिन सबै जम्मा भएका रहेछन् । राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए । रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो । त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने । बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका शैलेश भने चेन्नाई जान सकेनन् । तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले पनि चेन्नाईमा हुने अटो एक्सपोमा भाग लिन जम्मा हुने क्रममा बलात्कारको घटना भएको बताए । घटनामा संलग्न कोही पनि पक्राउ नपरेकाले विस्तृत रूपमा भन्न कठिन रहेको उनको भनाइ छ ।

    डिल भएमध्येको तीन लाख सइको खातामा
    बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो । पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए । प्रहरीले आफ्नो हिस्सा खोज्यो । हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी । दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो । बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो । सइ भण्डारी अहिले निलम्बनमा छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...