News Portal

  • भक्तपुरको लागि सल्लाघारीमा खुल्यो डिसहोमको पहिलो आधिकारीक डिलर

    इभक्तपुर संवाददाताभक्तपुर, २३ माघ
    १६२१ पटक
    भक्तपुर, २३ माघ

    टीभी हेर्नेहरुको लागि डिसहोम नयाँ नाम होइन । डिसहोममार्फत कम शुल्कमा १ सय ५० भन्दा धेरै च्यानल हेर्न पाउने भएपछी धेरैको घरमा यतिबेला डिसहोम च्यानल लोकप्रिय बन्दै आएको छ ।

    डिसहोम च्यानल सञ्चालनमा आएको ८ वर्ष भएको छ तर भक्तपुरमा भने भर्खरै यसको आधिकारिक डिलर स्थापना भएको छ ।
    भक्तपुरको सल्लाघारीस्थित चोङ्गा गणेश चोकमा डिसहोमको आधिकारिक डिलर स्थापना भएको हो ।

    सल्लाघारीको चोङ्गा गणेश चोकमा पुरानो थिमी जाने बसस्टेसनसंगै रहेको चोङ्गा गणेश इलेक्ट्रोनिक्स डीस होमको आधिकारीक डिलर भएको बताइएको छ । यस डिलरबाट डिसहोमको नयाँ जडान र रिचार्ज सेवा सहित अन्य सेवाहरु समेत उपलब्ध गराइने डिलर संचालक हरि सिलाकारले इभक्तपुरलाई जानकारी गराए ।
    डिसहोमको कारोबार अन्य पसलहरुबाट पनि हुदै आएको र माग बढेपछि भरपर्दो सेवाका लागि कम्पनीले सल्लाघारीमा आधिकारिक डिलर दिएको हो ।

    डिसहोमको डिजिटल सिग्नल मार्फत अहिलेसम्म नेपालमा १२ लाख परिवारले टीभी हेरिरहेको कम्पनीको दावी छ । भक्तपुरका डिसहोम प्रयोगकर्ताहरुको लागि सल्लाघारीको डिलरमार्फत भरपर्दो सेवा प्रदान हुने अपेक्षा गरिएको डिसहोमका सेल्स म्यानेजर राम सिलाकार बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...